तितस १:१-१६

  • अभिवादन (१-४)

  • क्रेटमा एल्डरहरू नियुक्‍त गर्न तितसलाई निर्देशन (५-९)

  • विद्रोहीहरूलाई सुधार (१०-१६)

 म पावल, परमेश्‍वरको दास र येसु ख्रिष्टको प्रेषित* हुँ। मेरो विश्‍वास परमेश्‍वरले चुन्‍नुभएकाहरूको विश्‍वासअनुसार र सत्यको त्यो सही ज्ञानअनुसार छ, जुन परमेश्‍वरको भक्‍तिसित सम्बन्धित छ २  अनि यी कुराहरू अनन्त जीवनको+ आशामा आधारित छन्‌, जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले+ धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो। ३  हाम्रा उद्धारक, परमेश्‍वरको आज्ञाबमोजिम मलाई सुम्पिइएको प्रचारकार्यद्वारा+ उहाँले आफ्नो समयमा आफ्नो वचन प्रकट गर्नुभयो। ४  एउटै विश्‍वास भएको नाताले मेरो साँचो छोरा तितसलाई म यो पत्र लेख्दै छु: परमेश्‍वर, हाम्रा बुबा र ख्रिष्ट येसु, हाम्रा उद्धारकबाट तिमीलाई असीम अनुग्रह र शान्ति मिलोस्‌। ५  मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई दिएको यी निर्देशनबमोजिम सहर-सहरमा एल्डरहरू* नियुक्‍त गर्न सक: ६  यस्तो भाइलाई नियुक्‍त गर्नू, जसमाथि कुनै दोष लागेको छैन, जो एउटै स्त्रीको पति हुन्‌ अनि जसका छोराछोरी प्रभुमा विश्‍वास गर्छन्‌ र तिनीहरूमाथि दुराचरणमा लागेको* वा विद्रोही भएको आरोप लागेको छैन।+ ७  किनकि निरीक्षक परमेश्‍वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने,+ झनक्क रिसाउने,+ पियक्कड, हिंस्रक* हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन, ८  बरु तिनी अतिथि-सत्कार गर्ने,+ भलाइको प्रेमी, सुझबुझ भएको,*+ धर्मी, वफादार,+ आत्मसंयमी,+ ९  आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्‍वासयोग्य वचनलाई* दह्रोसित पक्रिराख्ने हुनुपर्छ+ ताकि तिनले साँचो* शिक्षाद्वारा प्रोत्साहन* दिनुका+ साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्‌।+ १०  किनकि विद्रोह गर्ने, बेकारको कुरा गर्ने र अरूलाई छक्याउनेहरू धेरै छन्‌। विशेषगरि खतनाका* समर्थकहरू त्यस्ता छन्‌।+ ११  यस्ताहरूको मुख बन्द गराउनुपर्छ किनकि बेइमानीद्वारा केही हासिल गर्नको लागि तिनीहरू सिकाउन नहुने कुराहरू सिकाएर मानिसहरूको पूरै परिवारको विश्‍वास डुबाइदिने गर्छन्‌। १२  तिनीहरूकै भविष्यवक्‍ताहरूमध्ये एक जनाले यसो भनेका छन्‌: “क्रेटका मानिसहरू सधैँ झूट बोल्ने, जङ्‌गली जनावरजस्तो हिंस्रक, अल्छी र घिचुवाहरू हुन्‌।” १३  यो साक्षी साँचो हो। त्यसकारण तिनीहरूलाई कडाइका साथ सुधारिरहनू ताकि तिनीहरू विश्‍वासमा दह्रो* होऊन्‌ १४  अनि यहुदीहरूको दन्त्यकथा र ती मानिसहरूका आज्ञाहरूमा ध्यान नदेऊन्‌, जो सत्यबाट तर्केका छन्‌। १५  शुद्ध मानिसहरूका लागि सबै कुरा शुद्धै हुन्छ।+ तर अशुद्ध र अविश्‍वासी मानिसहरूका लागि कुनै कुरा पनि शुद्ध हुँदैन किनकि तिनीहरूको दिमाग र अन्तस्करण दुवै अशुद्ध हुन्छ।+ १६  परमेश्‍वरलाई चिनेका छौँ भनेर तिनीहरू खुलेआम घोषणा गर्छन्‌ तर आफ्ना कामहरूद्वारा भने उहाँलाई इन्कार गर्छन्‌+ किनकि तिनीहरू घृणित र अनाज्ञाकारी छन्‌ अनि कुनै पनि असल कामको लायक छैनन्‌।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “छाडा भएको।”
वा “अरूलाई चोट पुऱ्‍याउने।”
वा “राम्ररी विचार गर्ने; समझदार।”
वा “भरपर्दो सन्देशलाई।”
वा “स्वस्थकर; लाभदायी।”
वा “अर्ती।”
शब्दावली हेर्नुहोस्‌।
शा., “स्वस्थ।”