सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबै असल मानिस स्वर्ग जान्छन्‌?

सबै असल मानिस स्वर्ग जान्छन्‌?

सबै असल मानिस स्वर्ग जान्छन्‌?

येशूले आफूलाई झुन्ड्याइनुअघिको साँझ प्रेरितहरूसितको अन्तिम भोजपछि तिनीहरूलाई स्वर्गको इनाम दिने प्रतिज्ञा गर्नुभयो। उहाँले भन्‍नुभयो: “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्‌। त्यसो नभए, म तिमीहरूलाई भन्‍ने थिएँ, किनकि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु।” (यूहन्‍ना १४:२) येशूले तिनीहरूका निम्ति किन स्वर्गमा ठाउँ तयार पार्नुहुने थियो? तिनीहरूले त्यहाँ के गर्नेछन्‌?

आफ्ना चेलाहरूलाई एउटा विशेष जिम्मा दिने कुरा येशूको मनमा थियो। त्यही साँझ उहाँले भन्‍नुभयो: “तिमीहरू मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु।” (लूका २२:२८, २९) परमेश्‍वरले येशूलाई एउटा सरकारको शासक बनाउने प्रतिज्ञा गर्नुभएको थियो र उहाँले मानिसजातिको एउटा सबैभन्दा ठूलो आवश्‍यकता अर्थात्‌ असल सरकारको आवश्‍यकता पूरा गर्नुहुने थियो। येशूले मानिसहरूलाई दुःखकष्टबाट उद्धार गर्नुहुनेछ र अत्याचारीहरूलाई टुक्रा-टुक्रा पार्नुहुनेछ। येशूका प्रजाहरू “पृथ्वीको पल्लो छेउसम्म” रहने भए तापनि उहाँको सिंहासन स्वर्गमा हुनेछ।—भजन ७२:४, ८; दानियल ७:१३, १४.

तर येशू एक्लैले शासन गर्नुहुने छैन। तसर्थ, उहाँले प्रेरितहरूलाई स्वर्गमा ठाउँ दिने प्रतिज्ञा गर्नुभयो। “पृथ्वीमाथि राज्य” गर्न छानिएकाहरूमध्ये तिनीहरू पहिलो थिए।—प्रकाश ५:१०.

स्वर्गमा कति जना जान्छन्‌? अरू सरकारमा जस्तै परमेश्‍वरको स्वर्गीय सरकारमा पनि प्रजाहरूको तुलनामा शासन गर्नेहरू थोरै छन्‌। उहाँसँगै शासन गर्नेहरूलाई येशूले भन्‍नुभयो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) त्यो “सानो बगाल”-को संख्या अन्ततः १,४४,००० हुनेछ। (प्रकाश १४:१) यो संख्या, परमेश्‍वरको राज्यको वफादार प्रजाको रूपमा पृथ्वीमा सधैंभरि बाँच्ने लाखौं मानिसहरूको तुलनामा थोरै हो।—प्रकाश २१:४.

अतः सबै असल मानिस स्वर्ग जाँदैनन्‌। असल राजा दाऊदबारे प्रेरित पत्रुसले सीधै यसो भने: “दाऊद स्वर्गमा चढिगएनन्‌।” (प्रेरित २:३४) बप्तिस्मा दिने यूहन्‍ना असल व्यक्‍ति थिए। तैपनि, स्वर्गमा राजाको रूपमा शासन गर्न तिनलाई उच्च पारिनेछैन भनेर येशूले संकेत गर्नुभयो। येशूले भन्‍नुभयो: “मानिसमध्ये बप्तिस्मा दिने यूहन्‍नाभन्दा ठूलो कोही उठेको छैन। तरैपनि स्वर्गको राज्यका जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।”—मत्ती ११:११.

असल मानिसहरूले पाउने इनाम के तपाईंले पाउनुहुनेछ?

पृथ्वीमा सधैंभरि बाँच्ने इनाम पाउन कुनै व्यक्‍तिले के गर्नैपर्छ? येशूले भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) याद गर्नुहोस्‌, संसारप्रतिको परमेश्‍वरको प्रेमको कारण उहाँले सबैका लागि अनन्त जीवनको प्रबन्ध गर्नुभएको छ तर यो इनाम “विश्‍वास गर्ने”-हरूले मात्र पाउनेछन्‌।

विश्‍वास गर्नुमा परमेश्‍वरलाई सही तरिकाले चिन्‍नु समावेश छ। (यूहन्‍ना १७:३) मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे अझ धेरै सिकेर तपाईंले आफू असल मानिस भएको प्रमाण दिन सक्नुहुन्छ। आफूले सिकेको विश्‍वासअनुसार कदम चाल्नुहोस्‌। अनि अनन्त जीवनको ढोका साँच्चै तपाईंसामु खोलिएको छ भनेर विश्‍वस्त हुनुहोस्‌। ( w10 -E 02/01)

[पृष्ठ ७-मा भएको पेटी]

बाइबल के भन्छ?

प्रश्‍न:

असल मानिसहरू मरेपछि के हुन्छ?

उत्तर:

“मरेकाहरूले ता केही पनि जान्दैनन्‌।”

उपदेशक ९:५.

प्रश्‍न:

असल मानिसहरूको भविष्यको आशा कस्तो छ?

उत्तर:

“बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको [येशूको] सोर सुन्‍नेछन्‌।”यूहन्‍ना ५:२८, २९.

प्रश्‍न:

अधिकांश असल मानिसहरू कहाँ बस्नेछन्‌?

उत्तर:

“धर्मात्माहरूले देश [“पृथ्वी,” NW] अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”भजन ३७:२९.