उपदेशक ९:१-१८

  • सबैको दुर्दशा एउटै हुन्छ (१-३)

  • मर्नुपर्ने भए पनि खुसी हुन नछोड (४-१२)

    • मरेकाहरूलाई केही थाह हुँदैन ()

    • मृत्युपछि केही गर्न सकिँदैन (१०)

    • चिताउँदै नचिताएको घटना (११)

  • बुद्धिको सधैँ कदर हुँदैन (१३-१८)

 मैले यी सबै कुरा राम्ररी विचार गरेँ र के थाह पाएँ भने, धर्मी मानिस र बुद्धिमान्‌ मानिस अनि तिनीहरूका काम पनि साँचो परमेश्‍वरकै हातमा हुन्छन्‌।+ आफू जन्मनुअघि संसारमा प्रेम वा घृणा कत्तिको व्याप्त थियो, मानिसले बुझ्न सक्दैन। २  चाहे कोही दुष्ट होस्‌ वा धर्मी,+ भला र शुद्ध होस्‌ वा अशुद्ध, चाहे कसैले बलिदान चढाओस्‌ वा नचढाओस्‌, आखिर सबैले एउटै नतिजा भोग्छन्‌।+ राम्रो काम गर्ने मानिस र पापी मानिस अनि सोचविचार नगरी शपथ खाने मानिस र शपथ खानुअघि सोचविचार गर्ने मानिस सबैको अन्तिम नतिजा उस्तै हुन्छ। ३  संसारमा* यो कुरा साह्रै दुःखलाग्दो छ: सबैले एउटै दुर्दशा भोग्ने भएकोले+ मानिसको हृदय खराब कुराले भरिएको हुन्छ। जीवनभर तिनीहरू पागलपन देखाउँछन्‌ र अन्तमा मर्छन्‌। ४  जिउँदाहरूको लागि आशा छ किनकि मरेको सिंहभन्दा त जिउँदो कुकुर* नै बेस हो।+ ५  जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ+ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन+ न त तिनीहरूले केही प्राप्त गर्न नै सक्छन्‌। किनकि तिनीहरू जिउँदाहरूको सम्झनाबाट बिलाएर जान्छन्‌।+ ६  तिनीहरूको प्रेम, घृणा र ईर्ष्या सबै तिनीहरूसँगसँगै बिलाउँछ। संसारमा* गरिने कुनै पनि काममा तिनीहरूले फेरि भाग लिन सक्दैनन्‌।+ ७  साँचो परमेश्‍वर तिम्रो काम देखेर खुसी हुनुभएको छ।+ त्यसैले जाऊ र रमाउँदै आफ्नो भोजन खाऊ अनि खुसी भएर दाखमद्य* पिऊ।+ ८  तिमीले सधैँ उज्यालो रङ्‌गको लुगा* लगाउनू अनि शिरमा तेल लगाउन नबिर्सनू।+ ९  परमेश्‍वरले संसारमा* तिमीलाई दिनुभएको यो छोटो* जीवन आफ्नी प्यारी पत्नीसित आनन्दपूर्वक बिताऊ।+ किनभने त्यो नै तिम्रो छोटो* जीवनको हिस्सा अनि यो संसारमा* तिमीले पसिना बगाएर गरेको मेहनतको फल हो।+ १०  तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा,* जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न, न केही सोच्न नै सक्नेछौ, तिमीसित न ज्ञान, न बुद्धि नै हुनेछ।+ ११  संसारमा* मैले अर्को एउटा कुरा पनि देखेँ। वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन,+ बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन+ अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन।+ किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन। १२  आफ्नो बेला कहिले आउँछ, मानिसलाई थाह हुँदैन।+ जसरी माछा जालमा अनि चरा पासोमा पर्छ, त्यसैगरि मानिसको जीवनमा अचानक आपत्‌ आइपर्छ र त्यसले उसलाई घेर्छ। १३  बुद्धिबारे मैले संसारमा* अर्को एउटा कुरा पनि देखेँ र त्यो कुरा मलाई निकै घत लाग्यो: १४  एउटा सानो सहर थियो, त्यहाँ थोरै मानिस बस्थे। एक जना शक्‍तिशाली राजा त्यस सहरको विरुद्धमा आए, त्यस सहरलाई घेरा हाले र त्यसको वरिपरि ठूलठूला पर्खाल खडा गरे। १५  त्यस सहरमा एक जना गरिब तर बुद्धिमान्‌ मानिस पनि बस्थ्यो। उसले आफ्नो बुद्धि चलाएर त्यस सहरलाई जोगायो। तर त्यो गरिब मानिसलाई कसैले पनि सम्झेन।+ १६  अनि मैले मनमनै यसो भनेँ: ‘शक्‍तिशाली हुनुभन्दा बुद्धिमान्‌ हुनु असल हो।+ तैपनि गरिब मानिसको बुद्धिलाई सबैले अवहेलना गर्छन्‌, उसको कुरा कसैले सुन्दैन।’+ १७  मूर्खहरूमाझ शासन गर्नेको चर्को स्वर सुन्‍नुभन्दा बुद्धिमान्‌ मानिसको सुमधुर बोली सुन्‍नु असल हो। १८  हातहतियारभन्दा बुद्धि असल हो। तैपनि एक जना पापीको कामले थुप्रै राम्रा कुरालाई नष्ट गरिदिन्छ।+

फुटनोटहरू

शा., “सूर्यमुनि।”
इस्राएलीहरू कुकुरलाई अशुद्ध जनावर ठान्थे।
शा., “सूर्यमुनि।”
अङ्‌गुरबाट बनेको रक्सी।
यसले शोक गर्दा लगाउने लुगालाई नभई मनको प्रसन्‍नता झल्काउने पहिरनलाई जनाउँछ।
शा., “सूर्यमुनि।”
वा “व्यर्थ।”
वा “व्यर्थ।”
शा., “सूर्यमुनि।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”