सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १

यहोवाका गुणहरू

यहोवाका गुणहरू

(प्रकाश ४:११)

  1. १. यहोवा महान्‌ शक्‍तिमा तिमी

    यो जीवन अनि ज्योतिका मूल हौ नि।

    सृष्टि गाउँछ गाथा तिम्रो शक्‍ति;

    महिमा गर्छ स्वर्ग, पृथ्वी।

  2. २. न्यायमाथि छ सिंहासन तिम्रो।

    सिकायौ तिम्रो नीतिवचन साँचो।

    तिम्रो वचन नियाल्दा राम्ररी;

    था’ भयो तिम्रो अथाह बुद्धि।

  3. ३. तिम्रो माया छ हामीमा अपार;

    हाम्रो लागि यो हो ठूलो उपहार।

    तिम्रो गुण र तिम्रो महिमित नाउँ;

    हर्षोलासले त्यो फैलाउन पाऊँ।