सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल प्रश्‍नहरूको जवाफ

बाइबल प्रश्‍नहरूको जवाफ

संसारमा किन शान्ति छैन?

मानिसको सोचाइ परिवर्तन गर्न सक्ने सरकारले मात्र संसारमा शान्ति ल्याउन सक्नेछ

यसको दुइटा कारण बाइबलमा बताइएको छ। एउटा, हुन त मानिसहरूले ठूलठूला कामहरू गरेका छन्‌ तर आफैलाई ठीक मार्गमा हिंडाउने शक्‍ति भने तिनीहरूसित छैन। अर्को, “सारा संसार” सैतानको हातमा परेकोले मानिसको प्रयास असफल भएको छ। त्यसकारण जति नै प्रयास गरे तापनि तिनीहरूले शान्ति ल्याउन सकेका छैनन्‌।—यर्मिया १०:२३; १ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌।

मानिसहरूको स्वार्थ अनि महत्त्वाकाङ्‌क्षाले गर्दा पनि संसारमा शान्ति छैन। सही कुरालाई मनैदेखि स्वीकार्न अनि एकअर्काको ख्याल राख्न सिकाउने सरकारले मात्र संसारमा शान्ति ल्याउनेछ।—यशैया ३२:१७; ४८:१८, २२ पढ्‌नुहोस्‌।

कसले संसारमा शान्ति ल्याउनेछ?

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले अहिलेका मानव सरकारहरूलाई हटाएर एउटा सरकार स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ। अनि त्यही सरकारले संसारभरि शासन गर्नेछ। (दानियल २:४४) परमेश्‍वरको छोरा येशूलाई बाइबलमा शान्तिका राजकुमार भनिएको छ। येशूले पृथ्वीबाट सबै दुष्टता हटाउनुहुनेछ र मानिसहरूलाई शान्तिको बाटोमा हिंड्‌न सिकाउनुहुनेछ।—यशैया ९:६, ७; ११:४,  पढ्‌नुहोस्‌।

येशूको नेतृत्वमा संसारभरि लाखौं मानिसले एउटा महत्त्वपूर्ण काम गर्दै छन्‌। तिनीहरूले थुप्रैलाई एकअर्कासित कसरी शान्तिमा रहन सकिन्छ भनेर बाइबलबाट सिकाउँदै छन्‌। अब चाँडै, संसारभरि शान्ति छाउनेछ।—यशैया २:३, ४; ५४:१३ पढ्‌नुहोस्‌। (w13-E 06/01)