यसैया ९:१-२१

  • गालिलमा ठूलो ज्योति चम्कियो (१-७)

    • “शान्तिका राजकुमार”-को जन्म (६, ७)

  • इस्राएलविरुद्ध परमेश्‍वरको हात उठेको छ (८-२१)

९  तर यो अन्धकार त्यस्तो अन्धकार हुनेछैन, जस्तो देशमा सङ्‌कष्ट आइपरेको बेला भएको थियो, जुन पहिले-पहिले नप्तालिको भूमि र जबुलुनको भूमि हेलाको पात्र हुँदा भएको थियो।+ तर पछि परमेश्‍वरले यर्दनको इलाकामा पर्ने समुद्रपारिको त्यो बाटो अर्थात्‌ जातिजातिहरूको गालिललाई महिमित पार्नुहुनेछ।  २  अँध्यारोमा हिँडिरहेका मानिसहरूलेचहकिलो ज्योति देखे। अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथिज्योति चम्कियो।+  ३  तपाईँले त्यस देशका मानिसहरूको सङ्‌ख्या बढाइदिनुभएको छ,तपाईँले गर्दा त्यहाँ खुसीयाली छाएको छ। बाली काट्‌ने बेला मानिसहरू रमाएझैँ,लुटको माल बाँड्‌दा खुसीले उफ्रिएझैँतिनीहरू तपाईँसामु रमाउँछन्‌।  ४  किनकि मिद्यानीहरूको समयमा+ जस्तैतपाईँले तिनीहरूको बोझिलो जुवा टुक्राटुक्रा पारिदिनुभएको छ,तिनीहरूका काँधको लौरो र तिनीहरूलाई काम अह्राउनेको छडी भाँचिदिनुभएको छ।  ५  जमिन थर्काउँदै अघि बढ्‌ने सिपाहीहरूका जुत्तार रगतमा लतपतिएका सबै लुगाआगोमा भस्म गरिनेछ।  ६  किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+हाम्रो लागि एउटा छोरा दिइएको छ।शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+ तिनलाई बुद्धिमान्‌ सल्लाहकार,+ शक्‍तिशाली ईश्‍वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्‍ने नाम दिइनेछ।  ७  तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्‌।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्‌। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।  ८  यहोवाले याकुबविरुद्ध एउटा सन्देश पठाउनुभएको छ,इस्राएलविरुद्ध त्यो सन्देश आएको छ।+  ९  अनि मानिसहरू सबैले,हो, एप्रैम र सामरियाका बासिन्दाहरू सबैले त्यो थाह पाउनेछन्‌।तिनीहरू हठी र अहङ्‌कारी हुँदै यसो भन्छन्‌: १०  “इँटाका घरहरू ढलेतर हामी ढुङ्‌गाले बनाउनेछौँ+ खनिउँका रूखहरू काटिएतर हामी देवदारको रूख रोप्नेछौँ।” ११  यहोवाले रजिनका शत्रुहरूलाई सुऱ्‍याउनुहुनेछर तिनीहरूका दुस्मनहरूलाई जुरमुऱ्‍याउनुहुनेछ। १२  पूर्वबाट सिरिया र पश्‍चिमबाट पलिस्तियालीहरू आउनेछन्‌।+तिनीहरूले आफ्नो मुख बाएर इस्राएललाई कप्लक्कै निल्नेछन्‌।+ तैपनि उहाँको रिस अझै मरेको छैन।तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+ १३  किनकि मानिसहरूले सेनाहरूका यहोवाको+ खोजी गरेका छैनन्‌,तिनीहरूलाई सजाय दिनुहुने परमेश्‍वरकहाँ तिनीहरू फर्केका छैनन्‌। १४  यहोवाले एकै दिनमा इस्राएलको शिर र पुच्छरअनि त्यहाँका टुसा र कुशलाई* काटिदिनुहुनेछ।+ १५  शिरचाहिँ नाइके र आदरणीय व्यक्‍तिहरू हुन्‌अनि पुच्छरचाहिँ झूटा निर्देशन दिने भविष्यवक्‍ताहरू हुन्‌।+ १६  यस प्रजाका अगुवाहरूले तिनीहरूलाई अलमल्याएका छन्‌।अनि यिनीहरूको कुरा सुन्‍ने ती मानिसहरू पनि रनभुल्लमा परेका छन्‌। १७  त्यसैले तिनीहरूका युवाहरूलाई देखेर यहोवा खुसी हुनुहुनेछैन।तिनीहरूमाझ भएका अनाथ* र विधवालाई उहाँले दया देखाउनुहुनेछैन।किनकि तिनीहरू सबै धर्मत्यागी* र दुष्ट भएका छन्‌।+अनि तिनीहरू सबै बेमतलबका कुरा गर्छन्‌। त्यसैले उहाँको रिस अझै मरेको छैन।तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+ १८  किनकि दुष्ट्‌याइँ आगोझैँ दनदनी बल्छ।त्यसले काँडेझार र घाँसपातलाई भस्म पार्छ। त्यसले जङ्‌गलका झाडीलाई सखाप पार्छर धुवाँको मुस्लो मास्तिर उठ्‌छ। १९  सेनाहरूका यहोवाको भयानक रिसले गर्दापूरै देशमा आगो दन्केको छ।अनि मानिसहरूलाई आगोले भस्म गर्नेछ। मानिसहरूले आफ्नै दाजुभाइलाई समेत छोड्‌नेछैनन्‌। २०  तिनीहरूले आफ्नो दाहिनेतिरको भाग काटेर खानेछन्‌,तैपनि भोकै हुनेछन्‌अनि आफ्नो देब्रेतिरको भाग पनि खानेछन्‌तैपनि तिनीहरूको भोक मेटिनेछैन। प्रत्येकले आफ्नै पाखुराको मासु खानेछ। २१  मनस्सेले एप्रैमलाईअनि एप्रैमले मनस्सेलाई निल्नेछ। तिनीहरू दुवै यहुदामाथि जाइलाग्नेछन्‌।+ त्यसैले उहाँको रिस अझै मरेको छैन।तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+

फुटनोटहरू

वा सम्भवतः “खजुरका हाँगा र नर्कट।”
वा “बुबा गुमाएको बच्चा।”
शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।