यसैया ३२:१-२०

  • राजा र राजकुमारहरूले न्यायोचित शासन गर्नेछन्‌ (१-८)

  • बेफिक्री बस्ने स्त्रीहरूलाई चेतावनी (९-१४)

  • परमेश्‍वरको शक्‍ति खन्याइँदा पाइने आशिष्‌हरू (१५-२०)

३२  हेर! राजाले+ न्यायोचित+ शासन गर्नेछन्‌;राजकुमारहरूले न्यायसित शासन गर्नेछन्‌।  २  तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँअनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्‌।निर्जल भूमिमा खोलाझैँ+र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्‌।  ३  तब देख्नेहरूको आँखा फेरि कहिल्यै बन्द हुनेछैनअनि सुन्‍नेहरूको कानले ध्यान दिएर सुन्‍नेछ।  ४  चञ्चल मन भएकाहरूले ज्ञानगुनका कुरा गहिरिएर सोच्नेछन्‌अनि भकभकेहरूले नअड्‌कीकन स्पष्ट रूपमा बोल्नेछन्‌।+  ५  मूर्ख फेरि कहिल्यै उदार मानिस भनेर चिनिनेछैनअनि बेकाइदासँग चल्ने मानिस असल मानिस भनेर चिनिनेछैन।  ६  किनकि मूर्ख मानिसले मूर्खै कुरा गर्छर त्यसले आफ्नो मनमा कुटिल योजनाहरू रच्छ।+त्यसले यहोवाबारे झूटो कुरा गर्छ र मानिसहरूलाई बहकाएर गलत बाटोमा लैजान्छ।*त्यसले गर्दा भोकाएकाहरू भोकै रहन्छन्‌र तिर्खाएकाहरूले केही पनि पिउन पाउँदैनन्‌।  ७  बेकाइदासँग चल्ने मानिसको चाल निको हुँदैन।+त्यसले निर्लज्ज व्यवहार गर्न अप्ठेरो मान्दैन,झूट बोलेर दीनदुःखीलाई सताउँछ,+गरिबहरूले सत्य नै बोले तापनि तिनीहरूलाई पिरोल्छ।  ८  तर उदार मानिस खुला मनको हुन्छ,उसले उदारचित्तले दिइरहन्छ।  ९  “ए बेफिक्री बस्ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन!ए सुर्ता नमान्‍ने छोरीहरू हो,+ मेरो कुरामा ध्यान देओ! १०  तिमीहरू जो अहिले निश्‍चिन्त छौ, वर्षदिनभित्रै थरथर काँप्नेछौकिनकि अङ्‌गुरको कटनी सकिँदासम्म पनि एउटै फल जम्मा गरिनेछैन।+ ११  ए बेफिक्री बस्ने स्त्रीहरू हो, डरले लगलग काँप!ए निश्‍चिन्त रहनेहरू हो, थरथराओ!आफ्नो वस्त्र उतारिदेओर कम्मरमा भाङ्‌ग्रा लगाओ।+ १२  रहरलाग्दा खेतहरू र प्रशस्त उब्जनी दिने अङ्‌गुर बगानको निम्तिछाती पिटेर विलाप गर १३  किनकि मेरा मानिसहरूको जमिन काँडैकाँडाको झाडीले भरिनेछ।खुसीयाली मनाइने तिनीहरूका सबै घरभरि,हो, रमाहटको त्यो पूरै सहरभरि+ नै काँडा र सिउँडी उम्रनेछ। १४  किनकि बलियो धरहरा रित्तो भएको छ;धेरै चहलपहल हुने सहर सुनसान भएको छ।+ओफेल*+ र पहरा दिने किल्ला सधैँभरिका लागि उजाड भएका छन्‌।जङ्‌गली गधाहरू त्यहाँ रमाउँदै उफ्रन्छन्‌,भेडाबाख्राका बगाल+ आएर त्यहाँ चर्छन्‌। १५  तर त्यसपछि परमेश्‍वरले आफ्नो शक्‍ति हामीमाथि खन्याउनुहुनेछ+अनि उजाड ठाउँ फलफूल बगान हुनेछर त्यो बगान हराभरा जङ्‌गलजस्तै हुनेछ।+ १६  अनि निर्जनभूमिमा न्याय कायम हुनेछर फलफूल बगानमा धार्मिकताले बास गर्नेछ।+ १७  साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+ १८  मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ;तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।+ १९  तर असिनाले जङ्‌गललाई सखाप पार्नेछर पूरै सहर ध्वस्त हुनेछ। २०  आनन्दित हौ तिमीहरू, जो खोलाको किनारमा बिउ छर्छौअनि आफ्ना गोरु र गधालाई छोडिदिन्छौ।”+

फुटनोटहरू

वा “धर्मत्याग फैलाउँछ।”
यो यरुसलेमको एउटा डाँडा हो जस्तो देखिन्छ।