सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वर सबै खालको उपासना स्वीकार्नुहुन्छ?

के परमेश्‍वर सबै खालको उपासना स्वीकार्नुहुन्छ?

के परमेश्‍वर सबै खालको उपासना स्वीकार्नुहुन्छ?

साधारणतया पाइने जवाफ:

▪ “जुनै धर्म माने पनि आखिर पुग्ने परमेश्‍वरकहाँ नै त हो!”

▪ “मन सच्चा छ भने जुनसुकै धर्म माने पनि केही फरक पर्दैन!”

येशूले के भन्‍नुभयो?

▪ “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्‌। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्‍याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१३, १४) सबै धर्मले परमेश्‍वरकहाँ पुऱ्‍याउँछ भनेर येशूले विश्‍वास गर्नुभएन।

▪ “त्यो दिन धेरैले मलाई भन्‍नेछन्‌, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामर्थ्यका काम गरेनौं र? अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्‍नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।” (मत्ती ७:२२, २३) येशूको पछि लागेको दाबी गर्नेहरू सबैलाई उहाँ स्वीकार्नुहुन्‍न।

थुप्रै ईश्‍वरभक्‍त व्यक्‍तिहरू आफ्नो विश्‍वास र रीतिथितिको एकदमै मोल गर्छन्‌। तर यी शिक्षाहरू परमेश्‍वरको वचन बाइबलसित मेल खाँदैन भने के गर्ने? मान्छेले बनाएको रीतिथितिको पछि लाग्नु कत्तिको खतरा हो त्यो कुरा येशूले आफ्नो समयका धर्मगुरुहरूलाई यसो भन्‍नुहुँदा प्रस्ट भयो: “तिमीहरूले आफ्नो रीतिले गर्दा परमेश्‍वरको वचनलाई बेकम्मा गराएका छौ।” त्यसपछि उहाँले परमेश्‍वरका यी वचनहरू उद्धरण गर्नुभयो: “यस जातिले आफ्ना ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढा छ। औ मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्‌।”—मत्ती १५:१-९; यशैया २९:१३.

विश्‍वास मात्र भएर पुग्दैन, व्यवहार पनि महत्त्वपूर्ण छ। परमेश्‍वरको उपासना गरेको दाबी गर्नेहरूबारे बाइबल भन्छ: “तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्‌ . . . भनी टोपल्छन्‌, तर तिनीहरू . . . कामबाट भने उहाँलाई इन्कार गर्छन्‌।” (तीतस १:१६) वास्तवमा, हाम्रो समयका मानिसहरूबारे बाइबल भन्छ: “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:४, ५.

मन सच्चा भएर मात्र पुग्दैन। किन? किनभने उसले गलत कुरालाई पनि सही ठानिरहेको हुन सक्छ। त्यसैले परमेश्‍वरको सही ज्ञान हुनु महत्त्वपूर्ण छ। (रोमी १०:२, ३) यो ज्ञान लिइरह्‍यौं र बाइबलअनुसार चलिरह्‍यौं भने परमेश्‍वरलाई खुसी बनाइरहन सक्नेछौं। (मत्ती ७:२१) हो, त्यसैले साँचो धर्ममा सही मनसाय, सही विश्‍वास र सही काम समावेश छ। अनि सही काम भनेको दिनदिनै परमेश्‍वरको इच्छाअनुरूप गर्नु हो।—१ यूहन्‍ना २:१७.

बाइबलले परमेश्‍वरबारे के बताउँछ त्यसबारे थप बुझ्न चाहनुहुन्छ भने निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌। (w 09 2/1)

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

साँचो धर्ममा सही मनसाय, सही विश्‍वास र सही काम समावेश छ