यसैया २९:१-२४

  • अरिएललाई धिक्कार! (१-१६)

    • ओठे उपासनाको भर्त्सना (१३)

  • बहिरोले सुन्‍नेछ; अन्धोले देख्नेछ (१७-२४)

२९  “अरिएललाई* धिक्कार छ! दाउदले छाउनी हालेको त्यस सहरलाई धिक्कार छ!+तिमीहरू वर्षैपिच्छे चाड मनाइरहो,+हरेक वर्ष त्यसै गर।  २  तर म अरिएलमा+ दुःख ल्याउनेछु;त्यहाँका बासिन्दाहरू शोकमा पर्नेछन्‌ र विलाप गर्नेछन्‌+अनि अरिएल मेरो नजरमा वेदीको अगेनुजस्तै हुनेछ।+  ३  म तिम्रो वरिपरि छाउनी हाल्नेछु।म तिखातिखा बारले तिमीविरुद्ध घेरा हाल्नेछु।तिमीलाई घेरा हाल्न पर्खाल ठड्‌याउनेछु।+  ४  तिमी तल खसालिनेछौ।तल जमिनबाट तिमीले बोल्नेछौ।अनि तिम्रो बोलीलाई धुलोले ओझेलमा पार्नेछ।भूतप्रेत खेलाउने झाँक्रीको आवाजजस्तैतिम्रो आवाज जमिनबाट आउनेछ।+अनि माटोबाट तिम्रो चिरबिर सुनिनेछ।  ५  तिम्रा शत्रुहरूको भीड धुलोको कणझैँ हुनेछ;+दमनकारीहरूको हुल बतासले उडाउने भुसजस्तै हुनेछ।+कसैले चालै नपाउनेगरि अचानक त्यसो हुनेछ।+  ६  सेनाहरूका यहोवाले आफ्नो नजर तिमीतिर फर्काउनुहुनेछ।त्यसबेला ठूलो गर्जनको आवाज सुनिनेछ, भूकम्प जानेछ, होहल्ला मच्चिनेछ,आँधीहुरी र तुफान चल्नेछ अनि भस्म गर्ने आगो दन्किनेछ।”+  ७  तब अरिएलसित+ युद्ध गर्न आउने जातिहरू,उसलाई आक्रमण गर्न आउनेहरूको भीड,उसलाई दुःख दिन खोज्नेहरूअनि उसलाई घेरा हाल्न बनाइएका किल्लाहरूसपनाजस्तै अनि रातको दर्शनजस्तै* हुनेछन्‌।  ८  सियोन डाँडासित+ युद्ध लड्‌न आउने जातिजातिको भीडको हालत यस्तो हुनेछ,मानौँ, भोकले भाउन्‍न छुटेको मानिसले खानेकुरा खाएको सपना देख्छतर ब्युँझिँदा ऊ भोकै हुन्छ।अथवा तिर्खाले प्याकप्याक भएको मानिसले पानी पिएको सपना देख्छतर ब्युँझिँदा ऊ थाकेको र तिर्खाएको हुन्छ।  ९  छक्क पर अनि अचम्म मान।+केही पनि नदेख्नेगरि अन्धा होओ।+तिनीहरू मात्तिएका छन्‌ तर रक्सीले होइन।तिनीहरू लर्खराएका छन्‌ तर रक्सीको मात लागेर होइन। १०  यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्‍ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+ ११  प्रत्येक दर्शन तिमीहरूको लागि छाप लगाएर बन्द गरिएको पुस्तकझैँ भएको छ।+ त्यो पुस्तक तिनीहरूले कोही पढ्‌न जान्‍नेलाई “यो ठूलो स्वरले पढिदेऊ न” भनेर दिँदा उसले यसो भन्छ: “म यो पढ्‌न सक्दिनँ किनकि यसलाई त छाप लगाएर बन्द गरिएको छ।” १२  अनि तिनीहरूले पढ्‌न नजान्‍नेलाई “यो पढिदेऊ न” भनेर त्यो पुस्तक दिँदा उसले यसो भन्छ: “म त पढ्‌नै जान्दिनँ।” १३  यहोवा यसो भन्‍नुहुन्छ: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्‌अनि ओठले त मलाई आदर गर्छन्‌+तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।भन्‍न त तिनीहरू ‘म परमेश्‍वरको डर मान्छु’ भन्छन्‌ तर मानिसहरूले बनाएको नियममा चल्छन्‌।+ १४  त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+एकपछि अर्को छक्कलाग्दो काम।तिनीहरूमाझ भएका बुद्धिमान्‌हरूको बुद्धि नष्ट हुनेछअनि समझदारहरूको समझ बिलाएर जानेछ।”+ १५  धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्‌छन्‌।+तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्‌अनि यसो भन्छन्‌: “हामीलाई कसले देखेको छ र?हामी के गर्दै छौँ, कसलाई के थाह?”+ १६  कुरा बङ्‌ग्याउन तिमीहरू कत्ति सिपालु छौ!के कुमाले र माटो बराबर हुन्छ?+के बनेको चिजले बनाउनेलाई यसो भन्छ:“उसले मलाई बनाएकै होइन”?+अनि के रचिएको चिजले रचनाकारलाई यसो भन्‍न सुहाउँछ:“ऊसित फिटिक्कै समझ छैन”?+ १७  केही बेरमै लेबनान फलफूल बगानमा परिणत हुनेछ+अनि त्यो बगान वनजस्तै हुनेछ।+ १८  त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्‍नेछअनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+ १९  नम्रहरूले यहोवाको कारण ठूलो रमाहट गर्नेछन्‌अनि गरिबहरू इस्राएलका पवित्र परमेश्‍वरको कारण आनन्दित हुनेछन्‌।+ २०  किनकि दमन गर्ने कोही पनि बाँकी रहनेछैन।घमन्ड गर्नेको विनाश हुनेछअनि अरूलाई कसरी हानि पुऱ्‍याऊँ भनेर बाटो हेर्दै बस्ने सबै नाश हुनेछन्‌।+ २१  ज-जसले झूटो बयान दिएर अरूलाई दोषी साबित गर्छन्‌,ज-जसले सहरको मूलढोकामा न्याय कायम गर्नेलाई* फसाउन पासो थाप्छन्‌+अनि ज-जसले फोस्रा तर्कहरू गरेर धर्मी मानिसमाथि अन्याय गर्छन्‌, तिनीहरू सबै नाश हुनेछन्‌।+ २२  त्यसकारण अब्राहामलाई+ मोल तिरेर छुटाउनुहुने यहोवा याकुबको घरानालाई यसो भन्‍नुहुन्छ: “याकुब अबदेखि लज्जित हुनुपर्नेछैन।अब उपरान्त उसको अनुहारको रङ्‌ग उड्‌नेछैन।*+ २३  किनकि जब उसले आफ्नो वरिपरि आफ्ना छोराछोरीलाई—मेरा हातका कामलाई देख्नेछ,+तब तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्‌;हो, तिनीहरूले याकुबका पवित्र परमेश्‍वरको आदर गर्नेछन्‌।अनि तिनीहरू इस्राएलका परमेश्‍वरप्रति श्रद्धाले भरिनेछन्‌।+ २४  ज-जसको मन बरालिएको थियो, तिनीहरू समझदार हुनेछन्‌अनि गनगन गर्नेहरूले निर्देशन पालन गर्नेछन्‌।”

फुटनोटहरू

यसको अर्थ “परमेश्‍वरको वेदीको अगेनु” हुन सक्छ। यसले यरुसलेमलाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्‌।
वा “सल्लाहहरू।”
शा., “सच्याउनेलाई।”
अर्थात्‌, लाज र निराशाले।