सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?

प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?

गम्भीर स्वास्थ्य समस्याको सामना गरेकी पामेलाले थुप्रै उपचारविधि अपनाइन्‌। गाह्रो अवस्थाको सामना गर्न तिनले ईश्‍वरसित बल पनि मागिन्‌। के प्रार्थनाले तिनलाई मदत गऱ्‍यो?

पामेला भन्छिन्‌, “क्यान्सरको उपचार गराउँदा एकदमै डर लाग्थ्यो। तर यहोवा परमेश्‍वरलाई प्रार्थना गरेपछि मन शान्त हुन्थ्यो र मेरो डर हट्‌थ्यो। अहिले पनि गाह्रो त हुन्छ तर प्रार्थनाले मलाई सहन मदत गर्छ। मानिसहरूले मेरो हालखबर सोध्दा म यसो भन्छु, ‘बिरामी त छु तैपनि म खुसी छु!’”

गम्भीर रोग लागेपछि वा अन्य समस्या आइपरेपछि मात्र प्रार्थना गर्नुपर्छ भन्‍ने छैन। हामी सबैले साना-ठूला चुनौतीहरूको सामना गर्छौँ र त्यसको सामना गर्न हामीलाई अक्सर मदत चाहिन्छ। त्यसोभए के प्रार्थनाले मदत गर्न सक्छ?

बाइबल यसो भन्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।” (भजन ५५:२२) कस्तो सान्त्वनादायी कुरा! त्यसोभए प्रार्थनाले कसरी तपाईँलाई मदत गर्न सक्छ? तपाईँले ईश्‍वरलाई उचित तरिकामा प्रार्थना गर्दा उहाँले तपाईँलाई चुनौतीहरूको सामना गर्न आवश्‍यक मदत दिनुहुनेछ।—“ प्रार्थना गरेपछि तपाईँ के पाउन सक्नुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।