सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत २४

आऊ न यहोवाको पर्वतमा

आऊ न यहोवाको पर्वतमा

(यसैया २:२-४)

  1. १. हेर शिर उचाली

    कत्ति अल्गो त्यो डाँडा!

    हो है याहको पर्वत,

    छ साँच्चै सर्वोच्च।

    भेला भए मानिस

    हरेक देश र जातिका:

    ‘गरौँ याहको भक्‍ति’

    भन्दै एकअर्कालाई।

    बेला भो अहिले,

    थोरै चैँ ठूलो राष्ट्र बन्‍ने।

    बढ्‌दै छौँ है अझै

    देख्नेछौँ याहको डोऱ्‍याइ, आशिष्‌।

    आए लाखौँ आज

    याहको राज स्विकार्दै।

    अनि वाचा गर्छन्‌

    वफादार भइरहने।

  2. २. येसुले पठाए

    राज्य सन्देश सुनाउन।

    याहको त्यो सुसमाचार

    पाए सबले सुन्‍न।

    शासन गर्छन्‌ येसु

    भन्छन्‌ पक्ष लेऊ उनको।

    सुन्छन्‌ नम्रले वचन

    अनि जिउँछन्‌ त्यसमै।

    ठूलो भीड बढेको देख्नु

    कत्ति खुसीको कुरो।

    दायित्व हो हाम्रो

    अरूलाई याहबारे बताउनु।

    ठूलो सोरले कराऔँ

    सबैले सुन्‍नेगरि;

    ‘आऊ न सधैँभरिलाई

    याहको पर्वतमा!’