सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ११

के यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

के यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। १ पत्रुस ३:१२

यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ। (भजन ६५:⁠२) हामीले उहाँसँग मनैदेखि कुरा गरेको उहाँ चाहनुहुन्छ।

अरूलाई होइन, यहोवा परमेश्‍वरलाई नै प्रार्थना गर्नुहोस्‌।

हामी थुप्रै कुराबारे प्रार्थना गर्न सक्छौँ। १ युहन्‍ना ५:⁠१४

यहोवा परमेश्‍वरको इच्छा स्वर्गमा र पृथ्वीमा पूरा होस्‌ भनेर प्रार्थना गर्नुहोस्‌।

असल काम गर्न मदत दिनुहोस्‌ भनेर यहोवा परमेश्‍वरलाई बिन्ती गर्नुहोस्‌। तपाईँ गाँस, बास, कपासको लागि अनि काम र स्वास्थ्यको लागि पनि बिन्ती गर्न सक्नुहुन्छ।

येसुले तपाईँको लागि जे गर्नुभयो, त्यसको कदर गरेको देखाउन उहाँको नाममा प्रार्थना गर्नुहोस्‌।