हितोपदेश १५:१-३३

  • मीठो जवाफले रिसलाई शान्त पार्छ ()

  • यहोवाको नजर सर्वत्र रहन्छ ()

  • सोझो मानिसको प्रार्थना परमेश्‍वरलाई मन पर्छ ()

  • सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ (२२)

  • सोचविचार गरेर मात्र जवाफ देऊ (२८)

१५  मीठो* जवाफले रिसलाई शान्त पार्छ+ तर कठोर* बोलीले रिस उठाउँछ।+  २  बुद्धिमान्‌को बोलीमा उसको ज्ञान झल्किन्छ+ तर मूर्खको बोलीमा उसको मूर्खता देखिन्छ।  ३  यहोवाको नजर सर्वत्र रहन्छ, असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।+  ४  मीठो बोली* जीवनको रूख हो+ तर छली बोलीले निराश बनाउँछ।*  ५  मूर्खले आफ्नो बुबाको अर्तीलाई* तुच्छ ठान्छ+ तर अरूले सच्याउँदा* चतुर मानिसले स्विकार्छ।+  ६  धर्मी मानिसको घर धनसम्पत्तिले भरिएको हुन्छ तर दुष्टको कमाइले दुःख ल्याउँछ।+  ७  बुद्धिमान्‌ मानिसले आफ्नो बोलीले ज्ञान फैलाउँछ+ तर मूर्खको मनमा भने त्यसो गर्ने विचारै हुँदैन।+  ८  दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+ तर सोझो मानिसको प्रार्थना सुन्‍न उहाँ मन पराउनुहुन्छ।+  ९  दुष्टको चाललाई यहोवा घृणा गर्नुहुन्छ+ तर धार्मिकताको बाटोमा हिँड्‌ने मानिसलाई उहाँ मन पराउनुहुन्छ।+ १०  जसले सही बाटो त्याग्छ, उसले अर्तीलाई* तुच्छ ठान्छ;+ जसले सुधारलाई घृणा गर्छ, उसले ज्यान गुमाउँछ।+ ११  चिहान* र विनाशको खाडल* त यहोवाको नजरमा उदाङ्‌ग छन्‌ भने+ मानिसको हृदय उहाँसामु झन्‌ कत्ति उदाङ्‌ग होला!+ १२  अहङ्‌कारी मानिसले आफ्नो गल्ती देखाइदिने* मानिसलाई मन पराउँदैन;+ उसले बुद्धिमान्‌ मानिससित सरसल्लाह गर्दैन।+ १३  आनन्दित हृदयले अनुहार उज्यालो बनाउँछ तर हृदयको पीडाले मानिसलाई गलाउँछ।+ १४  समझदार मानिसले ज्ञानको खोजी गर्छ+ तर मूर्खले भने मूर्ख कुराहरू नै खोज्छ।+ १५  दुःखमा परेकाहरूलाई हरेक दिन दुःखै हुन्छ+ तर हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।+ १६  धेरै धनसम्पत्ति हुनु र चिन्तामा डुबिरहनुभन्दा+ थोरै हुनु तर यहोवाको डर मान्‍नु बेस हो।+ १७  घृणाले भरिएको घरमा मासु* खानुभन्दा प्रेमले भरिएको घरमा सागपात खानु बेस हो।+ १८  तातो रिस भएको मानिसले कलह मच्चाउँछ+ तर हतपती नरिसाउने मानिसले झगडा शान्त पार्छ।+ १९  अल्छी मानिसले आफ्नो बाटोभरि काँडैकाँडा देख्छ+ तर सोझो मानिसको बाटो राजमार्गजस्तै सम्म हुन्छ।+ २०  बुद्धिमान्‌ छोराले आफ्नो बुबालाई आनन्दित बनाउँछ+ तर मूर्ख छोराले आफ्नी आमालाई तुच्छ ठान्छ।+ २१  सुझबुझ नभएको मानिस आफ्नो मूर्खतामा रमाउँछ+ तर समझदार मानिस सही बाटोमा हिँड्‌छ।+ २२  सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ तर धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।+ २३  उचित जवाफ दिँदा मानिस खुसी हुन्छ+ अनि ठीक बेलामा बोलेको कुरा कत्ति असल हुन्छ!+ २४  अन्तर्दृष्टि* भएको मानिस जीवन दिने बाटोतर्फ उक्लन्छ,+ ऊ तल चिहानतर्फ* लैजाने बाटोमा जाँदैन।+ २५  यहोवाले घमन्डीको घर भत्काउनुहुन्छ+ तर उहाँले विधवाको साँध-सिमाना कसैलाई मिच्न दिनुहुन्‍न।+ २६  दुष्टको षड्‌यन्त्रलाई यहोवा घृणा गर्नुहुन्छ+ तर मीठा वचन उहाँको नजरमा शुद्ध छन्‌।+ २७  बेइमानी गरेर कमाउने मानिसले परिवारमा समस्या* ल्याउँछ+ तर घुस खान इन्कार गर्ने मानिसको आयु लामो हुन्छ।+ २८  धर्मी मानिसले सोचविचार गरेर मात्र जवाफ दिन्छ+ तर दुष्ट मानिसले खराब कुरा बोलिहाल्छ। २९  यहोवा दुष्टदेखि टाढै रहनुहुन्छ तर उहाँ धर्मी मानिसको प्रार्थना सुन्‍नुहुन्छ।+ ३०  हँसिलो मुहारले* हृदय खुसी बनाउँछ; शुभसमाचारले शरीर फुर्तिलो बनाउँछ।*+ ३१  जसले जीवन बचाउने सुधार स्विकार्छ, ऊ बुद्धिमान्‌ मानिसहरूमध्ये गनिन्छ।+ ३२  अनुशासन नस्विकार्ने मानिसले आफ्नो जीवनलाई घृणा गर्छ+ तर सुधार स्विकार्ने मानिसले बुद्धि प्राप्त गर्छ।+ ३३  यहोवाको डर मान्‍ने मानिसले बुद्धिमान्‌ हुन सिक्छ+ अनि नम्र मानिसले आदर कमाउँछ।+

फुटनोटहरू

वा “नरम।”
वा “घोच्ने।”
शा., “निको पार्ने जिब्रो।”
शा., “मन भाँचिदिन्छ।”
वा “अनुशासनलाई।”
वा “सुधार्दा।”
वा “अनुशासनलाई।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा एबाड्डोन। शब्दावलीमा “एबाड्डोन” हेर्नुहोस्‌।
वा “सुधार्ने।”
शा., “मोटोघाटो बहर।”
वा “आन्तरिक चेतना।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा “अपमान।”
शा., “चम्किलो आँखाले।”
शा., “हड्डी मोटो बनाउँछ।”