सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सन्‌ २००३ मा अन्तरराष्ट्रिय अधिवेशनहरू

सन्‌ २००३ मा अन्तरराष्ट्रिय अधिवेशनहरू

सन्‌ २००३ मा अन्तरराष्ट्रिय अधिवेशनहरू

अक्टोबर ६, २००१ शनिबारका दिन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाका सदस्यहरूको वार्षिक सभा संयुक्‍त राज्य अमेरिका, न्यु जर्सीको जर्सी शहरमा सम्पन्‍न भयो। त्यस सभापछि सदस्यहरूलगायत सबै अतिथिहरूले विशेष कार्यक्रमबाट आनन्द उठाए। त्यसको भोलिपल्ट, क्यानाडा र संयुक्‍त राज्य अमेरिकामा आयोजना गरिएका थप सभाहरूमा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यहरूले समापन भाषणको अन्तमा यस्तो घोषणा गरे:

“आगामी दिनहरूलाई विचार गर्दा, परमेश्‍वरका जनहरू एक ठाउँमा भेला हुन नछोड्‌नु एकदमै महत्त्वपूर्ण छ। यसको अलावा, यहोवाको महा र भयानक दिन नजिक आइपुगेको हामीले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढ्‌ता गरेर अर्ती दिंदै गर्नुपर्छ भनी प्रेरित पावलले आग्रह गरे। (हिब्रू १०:२४, २५) यो धर्मशास्त्रीय आज्ञाअनुसार आगामी वर्ष [२००२] संसारका सबै भागहरूमा जिल्ला अधिवेशनहरू आयोजना गरिने आशा राखेका छौं। त्यसपछि सन्‌ २००३ मा यहोवाको इच्छा भए संसारका केही ठाउँहरूमा विशेष अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजना गरिनेछ होला। संसारमा घटिरहेका घटनाहरूलाई विचार गर्दै यो जागा तथा सजग रहने समय हो।”

यस वर्तमान रीतिरिवाजको अन्त नजिकिंदै जाँदा अन्योल र तनाउ चर्किंदै गए तापनि परमेश्‍वरका जनहरूको गतिविधि अघि बढिरहनै पर्छ। ‘परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देओ किनभने उहाँको इन्साफको समय पहिलेभन्दा नजिक आएको छ’ भन्दै बाइबलको चेताउनीमूलक सन्देशलगायत राज्यको सुसमाचार हरेक जात, कुल, भाषा र मानिसहरूलाई सुनाउनै पर्छ। (प्रकाश १४:६, ७) त्यसैकारण, हाम्रो स्वर्गमा हुनुहुने पिताको इच्छा अनि अभिप्रायअनुसार सन्‌ २००३ मा संसारका विभिन्‍न ठाउँहरूमा अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजना गर्ने योजना बनाइँदैछ।

सर्वप्रथम, उत्तर अमेरिका र त्यसको केही समयपछि युरोपका केही शहरहरूमा यस्ता जमघटहरूको आयोजना गर्ने योजना बनाइँदैछ। त्यसपछि सन्‌ २००३ मा एसियाका केही शहरहरूतर्फ यात्रा गर्न प्रतिनिधि सदस्यहरूका समूहरूको लागि प्रबन्ध मिलाइनेछन्‌; वर्षको अन्ततिर थप समूहहरू अफ्रिका, दक्षिण अमेरिका र प्रशान्त क्षेत्रमा जानेछन्‌। कुनै-कुनै शाखाहरूलाई अधिवेशन हुने ठाउँहरूमा सीमित प्रतिनिधिहरू मात्र पठाउन आग्रह गरिनेछन्‌। त्यसकारण, त्यहाँ उपस्थित हुनको लागि सबैले निमन्त्रणा पाउनेछैनन्‌। तथापि, प्रत्येक ठाउँमा विभिन्‍न देशबाट आएका सीमित प्रतिनिधिहरूको सहभागिता हुनु प्रोत्साहनदायी हुनेछ।

यहोवाका साक्षीहरूका मण्डलीहरूले चाँडै यी जमघटहरूबारे जानकारी प्राप्त गर्नेछन्‌। आमन्त्रित प्रतिनिधिहरू उपस्थित हुन सक्ने निश्‍चित ठाउँ र सही तारिखबारे आ-आफ्नो शाखामार्फत जानकारी उपलब्ध गराइनेछ। अत: यस बखत तपाईंहरूलाई यस विषयमा केही नलेख्न वा सोधपूछ नगर्न अनुरोध गरिन्छ।

अन्तमा प्रतिनिधिको रूपमा छनौट हुनेहरू सीमित बप्तिस्मा प्राप्त समर्पित साक्षीहरू हुनेछन्‌। उनीहरूले असल उदाहरण देखाउनुका साथै स्थानीय भाइहरूप्रति भ्रातृ-प्रेम देखाउन सक्नेछन्‌। अर्कोतर्फ, स्थानीय भाइहरूले आगन्तुकहरूलाई न्यानो स्वागत तथा अतिथि सत्कार गर्ने मौका पाउनेछन्‌। (हिब्रू १३:१, २) यसो गर्दा ‘एक आपसमा प्रोत्साहन आदनप्रदान हुनेछ।’ (रोमी १:११, १२) खास देश वा देशहरूमा प्रतिनिधिहरू पठाउन आमन्त्रित गरिएका शाखाहरूले नै यी प्रबन्धहरूबारे थप विवरण उपलब्ध गराउनेछन्‌।

सन्‌ २००३ मा हुने तीन दिने जिल्ला अधिवेशन प्रायजसो सबै देशहरूमा सदाझैं आयोजना गरिनेछ। एक ठाउँमा भेला भएर सबैले ‘सुन्‍ने, सिक्ने र प्रोत्साहित हुने’ सुअवसर पाउनेछन्‌। (व्यवस्था ३१:१२; १ कोरिन्थी १४:३१) यसले परमेश्‍वरका सबै जनहरूलाई ‘यहोवा कस्तो भलो हुनुहन्छ, पारख गरेर हेर्ने’ मौका प्रदान गर्नेछ। (भजन. ३४:८) सबै अन्तरराष्ट्रिय तथा थुप्रै जिल्ला अधिवेशनहरूमा मिसनरीहरू उपस्थित हुनेछन्‌ र तीमध्ये कोही-कोहीले कार्यक्रममा भाग लिनेछन्‌।

यस वर्षको दौडान हामी “परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू” विषयक जिल्ला अधिवेशनहरूबाट आनन्द उठाइरहेका हुनेछौं, जसले अझ बृहत्‌ साक्षी दिन उत्प्रेरित गर्छ। जसै हामी यसो गर्छौं, आगामी वर्षको लागि यहोवाले हाम्रोलागि के साँचेर राख्नुभएको छ होला भनी जान्‍न उत्सुक हुनेछौं। यसले हामीलाई यस डरलाग्दो र महत्त्वपूर्ण समयमा ‘जागा रहन, सतर्क रहन र तयार रहन’ मदत गर्नेछ।—मत्ती २४:४२-४४.