हिब्रू १३:१-२५

  • आखिरी अर्ती र समापनका शब्दहरू (१-२५)

    • अतिथिसत्कार गर्न नबिर्स ()

    • विवाह आदरणीय होस्‌ ()

    • अगुवाइ लिनेहरूप्रति आज्ञाकारी होओ (, १७)

    • प्रशंसाको बलिदान चढाओ (१५, १६)

१३  तिमीहरूको भ्रातृप्रेम कायम रहोस्‌।+ २  अतिथि-सत्कार गर्न* नबिर्स+ किनकि यसो गर्दा कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरे।+ ३  झ्यालखानामा थुनिएकाहरूलाई* सम्झ+ र आफू पनि तिनीहरूसित झ्यालखानामा परेझैँ ठान+ अनि दुर्व्यवहारको सिकार भइरहेकाहरूलाई पनि सम्झ किनकि तिमीहरू र तिनीहरू एउटै शरीरका भाग हौ।* ४  विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+ ५  तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्‍नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+ ६  त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौँ: “यहोवा* मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”+ ७  जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌ अनि जसले तिमीहरूलाई परमेश्‍वरको वचन सुनाएका छन्‌, तिनीहरूलाई सम्झ।+ तिनीहरूको आचरणको असल परिणामलाई राम्ररी विचार गर्दै तिनीहरूको विश्‍वासको अनुकरण गर।+ ८  येसु ख्रिष्ट हिजो, आज अनि सधैँभरि उस्तै हुनुहुन्छ। ९  तिमीहरू थरीथरीका अनि अनौठा शिक्षाहरूको बहकाउमा नपर। किनकि भोजनद्वारा* होइन तर असीम अनुग्रहद्वारा हृदयलाई दह्रो बनाउनु बेस हो। भोजनलाई चाहिनेभन्दा धेरै महत्त्व दिनेहरूलाई कुनै फाइदा हुँदैन।+ १०  हामीसित यस्तो वेदी छ, जुन वेदीबाट खाने अधिकार पालमा पवित्र सेवा चढाउनेहरूसित छैन।+ ११  किनकि जुन पशुको रगत प्रधानपुजारीले पापभेटीको रूपमा पवित्र ठाउँभित्र लैजान्छन्‌, त्यस पशुको शरीर छाउनीबाहिर लगेर जलाइन्छ।+ १२  त्यसैगरि येसुले पनि आफ्नो रगतले मानिसहरूलाई पवित्र पार्न+ सहरको ढोकाबाहिर कष्ट भोग्नुभयो।+ १३  त्यसैले आओ, उहाँले सहनुभएको अपमान सहँदै+ हामी छाउनीबाहिर उहाँकहाँ जाऔँ १४  किनकि यहाँ हामीसित सधैँभरि रहिरहने सहर छैन बरु हामी आउँदै गरेको सहरको उत्कट प्रतीक्षा गर्दै छौँ।+ १५  आओ, हामी येसुद्वारा परमेश्‍वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात्‌ ओठको फल चढाऔँ।+ परमेश्‍वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+ १६  यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ।+ १७  जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ+ र तिनीहरूको अधीनमा बस+ किनकि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌।+ तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ। १८  हामीसित सफा* अन्तस्करण छ भनेर हामी विश्‍वस्त छौँ किनकि हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।+ त्यसैले हाम्रो निम्ति प्रार्थना गरिरहो। १९  म तिमीहरूलाई अझ बढी प्रार्थना गर्न आग्रह गर्छु ताकि म छिट्टै तिमीहरूकहाँ आउन सकूँ। २०  अब शान्तिका परमेश्‍वर, जसले भेडाहरूको महान्‌ गोठाला+ अर्थात्‌ हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्‌ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो, २१  उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हर असल कुराले सुसज्जित पारून्‌ अनि येसु ख्रिष्टमार्फत हामीभित्र ती कामहरू गरिरहून्‌, जुन उहाँको नजरमा मन पर्दा छन्‌। उहाँले नै सदासर्वदा महिमा पाऊन्‌। आमिन। २२  अब हे भाइ हो, सान्त्वनाले भरिएका मेरा यी शब्दहरू धीरजी भई सुन भनी म आग्रह गर्छु किनकि मेरो यो पत्र छोटो छ। २३  हाम्रा भाइ तिमोथि मुक्‍त भइसकेका छन्‌ भनेर म तिमीहरूलाई बताउन चाहन्छु। तिनी छिट्टै आए भने म तिनीसँगै तिमीहरूलाई भेट्‌न आउनेछु। २४  तिमीहरूबीच अगुवाइ लिइरहेकाहरू अनि अरू सबै पवित्र जनलाई मेरो अभिवादन छ भनिदेओ। इटालीमा+ भएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २५  हाम्रा परमेश्‍वरको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्‌।

फुटनोटहरू

वा “विदेशीहरूलाई दया देखाउन।”
शा., “बन्धनमा परेकाहरूलाई।”
वा सम्भवत: “आफूले पनि तिनीहरूसँगै दुःख भोगिरहेको छु भनी सम्झ।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अर्थात्‌, भोजनसम्बन्धी नियमहरूद्वारा।
वा “इमानदार।”