सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तपाईँको राज्य आओस्‌”—लाखौँ मानिसले बारम्बार गर्ने प्रार्थना

“तपाईँको राज्य आओस्‌”—लाखौँ मानिसले बारम्बार गर्ने प्रार्थना

के तपाईँले कहिल्यै ईश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्नुभएको छ? लाखौँ मानिसले “तपाईँको राज्य आओस्‌” भनेर प्रार्थना गरेको सयौँ वर्ष भइसक्यो। तिनीहरू किन यस्तो प्रार्थना गरिरहन्छन्‌? किनभने येसुले आफ्ना अनुयायीहरूलाई ईश्‍वरको राज्यको लागि प्रार्थना गर्नू भनेर आज्ञा दिनुभएको थियो।

सुरुमा येसुका अनुयायीहरूले उहाँले राज्यबारे बताउनुभएको सबै कुराको अर्थ बुझेनन्‌। एकपटक तिनीहरूले येसुलाई यस्तो प्रश्‍न सोधे: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्‍वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?” येसुले तिनीहरूलाई स्पष्ट जवाफ नदिनुभएकोले तिनीहरू पक्कै पनि अचम्म परे होलान्‌। (प्रेषित १:६, ७) के त्यसको अर्थ ईश्‍वरको राज्यसम्बन्धी हाम्रो मनमा उब्जेका प्रश्‍नहरूको जवाफ कहिल्यै पाउँदैनौँ भन्‍ने हो? त्यसो त होइन।

प्रहरीधरहरा-को यस अङ्‌कले तपाईँलाई यी प्रश्‍नहरूको जवाफ दिनेछ:

  • हामीलाई ईश्‍वरको राज्य किन चाहिन्छ?

  • ईश्‍वरको राज्यको राजा को हो?

  • ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?

  • ईश्‍वरको राज्यले के गर्नेछ?

  • हामीले अहिल्यै किन ईश्‍वरको राज्यलाई समर्थन गर्नुपर्छ?

  • ईश्‍वरको राज्य के हो?