ईश्वरको राज्य के हो?
धेरै मानिसले ईश्वरको राज्य आओस् भनेर प्रार्थना गर्छन्। तर के तपाईँले ईश्वरको राज्य के हो र त्यसले के गर्नेछ भनेर कहिल्यै सोच्नुभएको थियो?
धर्मशास्त्रले के भन्छ, विचार गर्नुहोस्:
ईश्वरको राज्य के हो?
यो स्वर्गीय सरकार हो र यसको राजा येसु ख्रिष्ट हुनुहुन्छ।—यसैया ९:६, ७; मत्ति ५:३; लुका १:३१-३३.
ईश्वरको राज्यले के गर्नेछ?
यसले सबै खराब कुराको अन्त्य गर्नेछ र मानिसहरूको लागि दिगो शान्ति ल्याउनेछ। —दानिएल २:४४; मत्ति ६:१०.
राज्यलाई पहिलो स्थान दिनु भनेको के हो?
यसको अर्थ ईश्वरको राज्यलाई समर्थन गर्नु अनि त्यसले मात्र पृथ्वी र स्वर्गमा ईश्वरको इच्छा पूरा गर्नेछ भनी विश्वास गर्नु हो।—मत्ति ६:३३; १३:४४.