सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ४७

यहोवालाई हरदिन पुकारौँ!

यहोवालाई हरदिन पुकारौँ!

(१ थिस्सलोनिकी ५:१७)

  1. १. गर न बिन्ती सुन्छन्‌ याहले।

    सुअवसर उनको नाउँ धारण गर्ने।

    साथी सम्झी पोखाऊ, पीर बेथा सब।

    ढुक्क भै भर पर्नु उनमै हरक्षण।

    हरदिन पुकार्नू याहलाई।

  2. २. भन न धन्य, यो जीवन पायौँ।

    माग्छौँ माफी अनि माफी दिन्छौँ।

    गर भरोसा नलुकाऊ गल्ती।

    जान्दछन्‌ हामी माटै हौँ भनी।

    हरदिन पुकार्नू याहलाई।

  3. ३. गर न बिन्ती मर्कामा पर्दा।

    हुन्‌ बुबा हाम्रा छन्‌ है छेवैमा।

    मदत र सुरक्षा उनकै काखमा।

    नडराऊ, भरोसा उनी सबका।

    हरदिन पुकार्नू याहलाई।