सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ३०

यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

(हिब्रू ६:१०)

  1. १. आँसुको धारा बगाई

    जिउनु छ यो संसारमा, सुन।

    तैपनि भन्छु सधैँ,

    “व्यर्थ छैन जीवन।”

    (कोरस)

    याह हुन्‌ न्यायी प्रभु,

    सम्झिरहन्छन्‌ त्यो मेरो प्रेम।

    छन्‌ है हरपल छेवैमा,

    एक्लो हुन्‍नँ म कैले नि।

    गर्छन्‌ प्रबन्ध सधैँ

    अनि जोगाउँछन्‌ अन्तसम्मै।

    यहोवा नै मेरा बुबा,

    ईश्‍वर, साथी।

  2. २. बित्यो जवानी मेरो;

    दुःख, पीडा भोग्दै छु ऐले।

    तर देख्छु सुन्दर दिन

    विश्‍वासको आँखाले।

    (कोरस)

    याह हुन्‌ न्यायी प्रभु,

    सम्झिरहन्छन्‌ त्यो मेरो प्रेम।

    छन्‌ है हरपल छेवैमा,

    एक्लो हुन्‍नँ म कैले नि।

    गर्छन्‌ प्रबन्ध सधैँ

    अनि जोगाउँछन्‌ अन्तसम्मै।

    यहोवा नै मेरा बुबा,

    ईश्‍वर, साथी।

(भज. ७१:१७, १८ पनि हेर्नुहोस्‌)