हिब्रू ६:१-२०

  • परिपक्वतातर्फ अघि बढ (१-३)

  • पतन भएकाहरूले परमेश्‍वरको छोरालाई फेरि खम्बामा टाँग्छन्‌ (४-८)

  • आफ्नो आशा पूरा हुनेछ भनी निश्‍चिन्त होओ (९-१२)

  • परमेश्‍वरको प्रतिज्ञा निश्‍चय पूरा हुन्छ (१३-२०)

    • परमेश्‍वरको प्रतिज्ञा र शपथ अपरिवर्तनीय छ (१७, १८)

 यसकारण ख्रिष्टसम्बन्धी प्राथमिक शिक्षालाई पछाडि छोडिसकेकोले+ अब हामी परिपक्वतातर्फ अघि बढौँ।+ हामी फेरि जग नबसालौँ, मतलब सुरुमा सिकेका यस्ता कुराहरू फेरि नसिकिरहौँ, जस्तै: व्यर्थ कामहरूबाट फर्केर पश्‍चात्ताप गर्ने, परमेश्‍वरमाथि विश्‍वास गर्ने, २  बप्तिस्माहरूसम्बन्धी शिक्षा, कसैमाथि हात राख्ने,+ मरेकाहरू फेरि जीवित हुने+ अनि अनन्त न्यायदण्डसित सम्बन्धित शिक्षा। ३  परमेश्‍वरले साँच्चै अनुमति दिनुहुन्छ भने हामी परिपक्वतातर्फ बढ्‌नेछौँ। ४  किनकि ज-जसले एक चोटि ज्ञानको ज्योति पाइसकेका छन्‌,+ ज-जसले स्वर्गबाट सित्तैँमा दिइने वरदान हासिल गरिसकेका छन्‌, जो-जो पवित्र शक्‍तिको भागीदार भइसकेका छन्‌ ५  र ज-जसले परमेश्‍वरको उत्तम वचन अनि आउँदै गरेको युगको* शक्‍ति चाखिसकेका छन्‌ ६  तर ज-जसको अहिले पतन भइसकेको छ,+ तिनीहरूलाई फेरि फर्काएर पश्‍चात्तापसम्म पुऱ्‍याउन असम्भव छ। किनकि तिनीहरू आफैले परमेश्‍वरको छोरालाई फेरि खम्बामा टाँग्छन्‌ र मानिसहरूसामु उहाँको बेइज्जत गर्छन्‌।+ ७  किनकि पानी बर्सनु जमिनको निम्ति परमेश्‍वरको आशिष्‌ हो, जमिनले त्यो पानी सोसेर वनस्पति उमार्छ, जसले गर्दा खनजोत गर्नेलाई फाइदा हुन्छ। ८  तर यदि जमिनले काँडा र जङ्‌गली झार उमार्छ भने त्यो तिरस्कृत हुन्छ अनि सराप पाउन लायकको हुन्छ र अन्तमा त्यसमा डढेलो लगाइन्छ। ९  हुनत हामी यसरी कुरा गरिरहेका छौँ, तैपनि हे प्रियहरू हो, हामी पक्का छौँ, तिमीहरूको अवस्था तिनीहरूको भन्दा राम्रो छ अर्थात्‌ तिमीहरू यस्तो मार्गमा हिँडिरहेका छौ, जसले उद्धारतर्फ लैजान्छ। १०  तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई+ बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न। ११  तर तिमीहरू हरेकले यस्तै मेहनत गरिरहो भन्‍ने हामी चाहन्छौँ ताकि तिमीहरू आफ्नो आशा+ पूरा हुनेछ भनी अन्तसम्मै निश्‍चिन्त हुन सक+ १२  अनि तिमीहरू अल्छे होइन+ बरु तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो विश्‍वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्‌। १३  जब परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो, तब कसम खानलाई आफूभन्दा ठूलो कोही नभएकोले आफ्नै कसम खानुभयो+ १४  र यसो भन्‍नुभयो: “म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र निश्‍चय तिम्रो वृद्धि गराउनेछु।”+ १५  अब्राहामले धैर्य गरेपछि परमेश्‍वरले तिनीसित त्यस्तो प्रतिज्ञा गर्नुभएको थियो। १६  मानिसहरू आफूभन्दा ठूलोको कसम खान्छन्‌ र तिनीहरूले खाएको शपथले जुनसुकै विवादको टुङ्‌गो लगाउँछ किनकि शपथ तिनीहरूको निम्ति कानुनी ग्यारेन्टी हो।+ १७  त्यसैगरि जब परमेश्‍वरले आफ्नो उद्देश्‍य अपरिवर्तनीय छ भनेर प्रतिज्ञाका उत्तराधिकारीहरूलाई+ स्पष्टसित बुझाउने निर्णय गर्नुभयो, तब उहाँले शपथ खाएर त्यसको ग्यारेन्टी दिनुभयो १८  ताकि परमेश्‍वरले झूट बोल्न असम्भव दुई अपरिवर्तनीय कुराद्वारा+ हामीले अर्थात्‌ भागेर उहाँको शरणमा आएकाहरूले आफूसामु राखिएको आशालाई दह्रोगरि पक्रिराख्ने ठूलो प्रोत्साहन पाउन सकौँ। १९  यो आशा+ हाम्रो जीवनको लङ्‌गर हो अनि यो पक्का र अटल छ अनि यसले हामीलाई पर्दाको पछाडि पुऱ्‍याउँछ,+ २०  जहाँ हाम्रा अगुवा येसु हाम्रो तर्फबाट प्रवेश गरिसक्नुभएको छ+ अनि जो सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्‍नुभएको छ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।