सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Francesco Carta fotografo/Moment via Getty Images

एक्लोपन बढ्‌दै छ—यसबारे बाइबल के भन्छ?

एक्लोपन बढ्‌दै छ—यसबारे बाइबल के भन्छ?

 हालै संसारका विभिन्‍न ठाउँमा गरिएको एउटा सर्वेक्षणअनुसार a चार जनामध्ये एक जनाले एक्लो महसुस गर्छन्‌।

  •   “एक्लोपनले जोसुकैलाई असर गर्न सक्छ, चाहे तिनी जुनसुकै उमेर वा ठाउँका किन नहोऊन्‌।”​—चिडो मपेम्बा b

 धेरैको विचारमा वृद्धहरू अनि एक्लै जीवन बिताइरहेकाहरूलाई मात्र एक्लोपनले सताउँछ। तर वास्तवमा युवायुवती, स्वस्थ व्यक्‍तिहरू, सफलता हासिल गरेकाहरू अनि विवाहितहरू पनि एक्लोपनको सिकार हुन सक्छन्‌। सामाजिक जीवनमा घुलमिल नहुँदा त्यसले शारीरिक अनि मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

  •   अमेरिकी सर्जन जनरल डा. विवेक मूर्ति यसो भन्छन्‌, “एक्लोपन भनेको केवल नरमाइलो महसुस गर्नु मात्र होइन, यो गम्भीर समस्या हो। किनभने दिनमा १५ वटा चुरोट खानेहरूको मृत्युदर र एक्लोपनले सताइरहेकाहरूको मृत्युदर उस्तै छ।”

बाइबल के भन्छ?

 हामीलाई बनाउनुहुने परमेश्‍वर हामी समाज वा परिवारबाट अलग भएको चाहनुहुन्‍न। हामी एकअर्कासित घुलमिल भएर रमाइलो जीवन बिताएको चाहनुहुन्छ।

  •   बाइबलको सिद्धान्त: “परमेश्‍वरले भन्‍नुभयो: ‘मानिस एक्लो रहन असल छैन।’”​—उत्पत्ति २:१८.

 हामी परमेश्‍वरसित नजिक भएको उहाँ चाहनुहुन्छ। उहाँसित नजिक हुन प्रयास गऱ्‍यौँ भने उहाँ पनि हामीसित नजिक हुनुहुनेछ।​—याकुब ४:८.

  •   बाइबलको सिद्धान्त: “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌  किनकि स्वर्गको राज्य तिनीहरूकै हो।”​—मत्ति ५:३.

 परमेश्‍वर हामी अरू मानिससित मिलेर उहाँको उपासना गरेको चाहनुहुन्छ। यसो गर्दा हामी भावनात्मक तवरमा बलियो हुन्छौँ।

  •   बाइबलको सिद्धान्त: ‘हामी आपसमा गहिरो चासो राखेर एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, एकसाथ भेला हुन नछोडौँ अनि एकअर्कालाई प्रोत्साहन दिइरहौँ।’​—हिब्रू १०:२४, २५.

 एक्लोपन हटाउनु महत्त्वपूर्ण छ भनेर बुझ्न यो लेख पढ्‌नुहोस्‌: “एक्लोपन कसरी हटाउन सकिन्छ?

a The Global State of Social Connections, by Meta and Gallup, 2023.

b Cochair of the World Health Organization’s Commission on Social Connection