याकुबको पत्र ४:१-१७
४ तिमीहरूमाझ लडाइँ झगडा किन भइरहेको छ? के ती तिमीहरूलाई काबूमा राख्न तिमीहरूसित* सङ्घर्ष गर्ने तिमीहरूका शारीरिक इच्छाहरूले गर्दा+ भएका होइनन् र?
२ तिमीहरू इच्छा गर्छौ तैपनि पाउँदैनौ। तिमीहरू हत्या गरिरहन्छौ र लालच गरिरहन्छौ तैपनि हासिल गर्न सक्दैनौ। तिमीहरू झगडा गरिरहन्छौ र लडाइँ गरिरहन्छौ।+ तिमीहरूले पाएका छैनौ किनभने तिमीहरूले मागेकै छैनौ।
३ अनि माग्दा पनि तिमीहरू पाउँदैनौ किनकि तिमीहरू आफ्नो शारीरिक इच्छा पूरा गर्न गलत उद्देश्यले माग्छौ।
४ हे विश्वासघाती* हो, यस संसारसितको मित्रता परमेश्वरसितको शत्रुता हो भनेर के तिमीहरूलाई थाह छैन? त्यसकारण जो यस संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई परमेश्वरको शत्रु बनाइरहेको हुन्छ।+
५ अथवा के तिमीहरूलाई धर्मशास्त्रले यो कुरा बेकारमा भनेको हो जस्तो लाग्छ: “हामीमा बास गर्ने झुकावले हामीमा लालसा र ईर्ष्या उत्पन्न गराउँछ”?+
६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+
७ त्यसकारण आफूलाई परमेश्वरको अधीनमा राख+ र दियाबलको विरोध गर+ अनि त्यो तिमीहरूबाट भाग्नेछ।+
८ परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।+ हे पापी हो, आफ्नो हात शुद्ध पार।+ हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।+
९ दुःखित होओ, शोक मनाओ र रोओ।+ तिमीहरूको हाँसो शोकमा र तिमीहरूको खुसी निराशामा बदलियोस्।
१० आफूलाई यहोवा* परमेश्वरको नजरमा नम्र बनाओ+ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।+
११ हे भाइ हो, एकअर्काविरुद्ध बोल्न छोड।+ जसले आफ्नो भाइविरुद्ध बोल्छ वा उसको न्याय गर्छ, त्यसले व्यवस्थाविरुद्ध बोल्छ र व्यवस्थाको न्याय गर्छ। अब यदि तिमी व्यवस्थाको न्याय गर्छौ भने तिमी व्यवस्था पालन गर्ने होइन तर त्यसको न्यायकर्ता पो भयौ।
१२ व्यवस्थाको दाता र न्यायकर्ता एकै जना हुनुहुन्छ,+ जसले उद्धार गर्न सक्नुहुन्छ अनि नाश पनि गर्न सक्नुहुन्छ।+ तर आफ्नो छिमेकीको न्याय गर्ने तिमी को हौ?+
१३ सुन, तिमीहरू यसो भन्छौ: “आज वा भोलि हामी फलानो सहरमा जाऔँला अनि त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर केही नाफा कमाऔँला,”+
१४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+
१५ बरु तिमीहरूले यसो भन्नुपर्छ: “यहोवा* परमेश्वरको इच्छा भए+ हामी बाँचौँला अनि यसो गरौँला र उसो गरौँला।”
१६ तर तिमीहरू अहङ्कारी हुँदै फुर्ती लगाउँछौ। यसरी फुर्ती लगाउनु दुष्ट कुरा हो।
१७ त्यसकारण यदि कसैले सही काम गर्न जानेर पनि गर्दैन भने उसले पाप गरिरहेको हुन्छ।+
फुटनोटहरू
^ शा., “तिमीहरूका अङ्गहरूमा।”
^ शा., “व्यभिचारी।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।