सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचालक निकायको पत्र

परिचालक निकायको पत्र

‘तिमीहरू शिक्षक हुनुपर्छ।’ (हिब्रू ५:१२) ब्रह्‍माण्डकै सबैभन्दा उत्तम शिक्षक यहोवाले उहाँबारे अरूलाई सिकाउन हामीलाई आग्रह गर्नुभएको छ! कत्ति ठूलो सम्मान! चाहे परिवारमा होस्‌ या मण्डलीमा अथवा प्रचारकार्यमा, यहोवाबारे सत्य कुरा सिकाउन पाउनु ठूलो सुअवसर र गहन जिम्मेवारी हो। हामी कसरी यो काम पूरा गर्न सक्छौँ?

यसको जवाफ प्रेषित पावलले तिमोथिलाई लेखेका शब्दहरूमा पाउँछौँ: “तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने, अर्ती दिने र सिकाउने काममा लागिरह।” तिनले यसो पनि भने: “यसो गऱ्‍यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्‍नेहरूको उद्धार गर्नेछौ।” (१ तिमो. ४:१३, १६) तपाईँले सुनाउने सन्देशले अरूको जीवन बचाउन सक्छ। त्यसैले पढ्‌ने र सिकाउने काममा उन्‍नति गर्नु महत्त्वपूर्ण छ। यस पुस्तिकाले तपाईँलाई त्यसै गर्न मदत गर्नेछ। यसका केही विशेषताहरू विचार गर्नुहोस्‌।

प्रत्येक पृष्ठमा एउटा शास्त्रपद उल्लेख गरिएको छ, जसमा काम गर्नुपर्ने बुँदासित सम्बन्धित सिद्धान्त पाइन्छ अथवा काम गर्नुपर्ने बुँदा लागू गरिएको उदाहरण पाइन्छ

यहोवा “महान्‌ शिक्षक” हुनुहुन्छ। (यसै. ३०:२०) यस पुस्तिकाले तपाईँलाई पढ्‌ने र सिकाउने काममा अझ सिपालु हुन मदत गर्ने भए पनि हामीले सुनाउने सन्देशको एक मात्र स्रोत यहोवा हुनुहुन्छ र उहाँले नै मानिसहरूलाई खिच्नुहुन्छ भनेर नबिर्सनुहोस्‌। (युह. ६:४४) त्यसैले पवित्र शक्‍तिको लागि यहोवालाई प्रार्थना गरिरहनुहोस्‌। परमेश्‍वरको वचन प्रयोग गर्न कन्जुस्याइँ नगर्नुहोस्‌। अरूको ध्यान आफूतर्फ होइन, सधैँ यहोवातर्फ खिच्नुहोस्‌। श्रोताहरूको मनमा यहोवाप्रतिको गहिरो प्रेम विकास गर्ने प्रयत्न गर्नुहोस्‌।

मानिसजातिलाई आजसम्म सुनाइएको सबैभन्दा महत्त्वपूर्ण सन्देश सुनाउने सुअवसर तपाईँले पाउनुभएको छ। “परमेश्‍वरले दिनुहुने बलमा भर पर्दै” तपाईँले यो काम पूरा गर्न सक्नुहुनेछ भनेर हामी ढुक्क छौँ।—१ पत्रु. ४:११.

तपाईँका सहकर्मीहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय