सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू ख्रीष्ट उहाँको शिक्षाले मानिसहरूमा पारेको प्रभाव

येशू ख्रीष्ट उहाँको शिक्षाले मानिसहरूमा पारेको प्रभाव

येशू ख्रीष्ट उहाँको शिक्षाले मानिसहरूमा पारेको प्रभाव

“कफर्नहुमका बुद्धिमान्‌ पुरुषले आजसम्म पनि मानिसहरूको मन-मस्तिष्क निरन्तर छुन सक्नु उहाँ एकदमै महान्‌ व्यक्‍ति हुनुहुन्थ्यो भन्‍ने कुराको ठोस प्रमाण हो।” aलेखक ग्रेग इस्टरब्रूक।

शब्दमा शक्‍ति हुन्छ। ध्यान दिएर छानिएका बुद्धिले भरिएका शब्दहरूले मन छुन, आशा जगाउन र जीवन परिवर्तन गर्न सक्छ। येशू ख्रीष्टले भन्दा सशक्‍त शब्द आजसम्म कसैले व्यक्‍त गर्न सकेको छैन। येशूले दिएको प्रसिद्ध उपदेश सुनेका एक जनाले पछि लेखे: “येशूले यी कुरा गरिसक्नुभएपछि अर्थात्‌ भनिसक्नुभएपछि भीड उहाँका शिक्षाले छक्क परे।”—मत्ती ७:२८.

येशूका थुप्रै वाणी आज पनि संसारभरि चिरपरिचित छन्‌। तीमध्ये गहन अर्थ भएका केही वाणी विचार गरौं।

“तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।”—मत्ती ६:२४.

“यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ७:१२.

“जे-जे सिजरका हुन्‌ सिजरलाई, र जे-जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।”—मत्ती २२:२१.

“लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

तर येशूले यस्ता अविस्मरणीय वाणीहरू मात्र बोल्नुभएको थिएन। उहाँले प्रचार गरेको सन्देशमा शक्‍ति थियो। किनभने त्यो सन्देशले परमेश्‍वरबारे सत्य कुरा बताउँथ्यो, मानिसहरूलाई जीवनको वास्तविक अर्थ कसरी पत्ता लगाउने, सिकाउँथ्यो अनि सबै मानिसको दुःखकष्टको समाधान परमेश्‍वरको राज्य हो भनेर स्पष्टसित बताउँथ्यो। यस पछिका पृष्ठमा येशूको उक्‍त सन्देश जाँच्दा उहाँले लाखौंको “मन-मस्तिष्क निरन्तर छुन सक्नु”-को कारण बुझ्नेछौं।” ( w10 -E  04/01)

[फुटनोट]

a गालीलको जिल्लामा पर्ने कफर्नहुमलाई येशूको गृहनगर ठानिन्थ्यो।—मर्कूस २:१.