सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरको वचन त साँच्चै कत्ति शक्‍तिशाली रहेछ!”

“परमेश्‍वरको वचन त साँच्चै कत्ति शक्‍तिशाली रहेछ!”

“परमेश्‍वरको वचन त साँच्चै कत्ति शक्‍तिशाली रहेछ!”

“परमेश्‍वरको वचन जीवित र प्रबल” छ। (हिब्रू ४:१२) परमेश्‍वरको वचनको प्रबल शक्‍तिको प्रमाणस्वरूप यहोवाका साक्षीहरूको २००३ को क्यालेन्डर-ले संसारका चारै कुनाबाट प्राप्त छवटा सत्य जीवन-कथा प्रस्तुत गऱ्‍यो। उक्‍त क्यालेन्डरले “अघि र पछि” शीर्षकअन्तर्गत यहोवाका साक्षीहरूको शैक्षिक कार्यले मानिसहरूलाई कसरी आफ्नो नैतिकता उकास्न, जर्जर जीवन शैली त्याग्न, आफ्नो पारिवारिक जीवन सुदृढ पार्न अनि परमेश्‍वरसितको व्यक्‍तिगत सम्बन्धलाई पोषण दिन मदत गर्छ भनेर देखायो।

यो २००३ को क्यालेन्डरको लागि मूल्याङ्‌कनले भरिएका धेरै पत्रहरू प्राप्त भएका छन्‌। तीमध्ये केही टिप्पणीहरू यहाँ दिइएका छन्‌:

“यो क्यालेन्डरले साँचो मसीहीहरूलाई विश्‍वासको लागि कडा लडन्त लड्‌ने तिनीहरूजस्तै अरू पनि छन्‌ भन्‍ने प्रमाण दिन्छ। केही व्यक्‍तिविशेषले गरेका परिवर्तनहरू सम्झन अब तिनीहरूले ती फोटोहरूलाई हेर्न सक्छन्‌।”—स्टिभन, संयुक्‍त राज्य अमेरिका।

“यो २००३ को क्यालेन्डरले मेरो मन कति छोएको छ भनी तपाईंहरूलाई थाह दिन यी दुई शब्दहरू लेख्ने मेरो उत्कट चाहना थियो। एउटा क्यालेन्डरले मेरो जीवनमा यत्तिको प्रभाव कहिल्यै पारेको थिएन। बाइबलले व्यक्‍तिविशेषमाथि कुन हदसम्म प्रभाव पार्न सक्छ भन्‍ने कुराको जीवित अनि सशक्‍त प्रमाण मानिसहरूलाई देखाउन यी जीवन-कथाहरूलाई म सधैं आफ्नो प्रचार जाने झोलामा बोक्नेछु।”—मार्क, बेल्जियम।

“यो क्यालेन्डरले मेरो मन असाध्यै छोयो। यी व्यक्‍तिविशेषहरूलाई यहोवाले कसरी परिवर्तन गर्नुभयो भन्‍ने कुरा पढ्‌दा अनि देख्दा म असाध्यै भावुक भएँ। फलतः मेरो आफ्नै जीवनमा पनि परिवर्तनहरू गरिरहने प्रेरणा पाएँ। आफू विश्‍वव्यापी भ्रातृत्वको एक हिस्सा हुँ भन्‍ने कुरामा म अझै विश्‍वस्त भएकी छु।”—मेरी, संयुक्‍त राज्य अमेरिका।

“भीडको आध्यात्मिक बिजोग देखेर येशूको मन साह्रै दुःखी भयो। हाम्रो २००३ को क्यालेन्डरमा यस्ता जीवन-कथाहरू समावेश गर्नुभएर येशूको उदाहरण पछ्याउनुभएकोमा धन्यवाद छ। एउटा क्यालेन्डरले नै आँसु झारेको यो मेरो जीवनको पहिलो घटना हो।”—क्यासन्ड्रा, संयुक्‍त राज्य अमेरिका।

“जब म ११ वर्षको भएँ, चुरोट तान्‍न सुरु गरें; पछि लागूपदार्थ सेवन गरें। मेरो मनमा अक्सर आत्महत्या गर्ने विचार आउँथ्यो। मैले यहोवालाई चिनेपछि यी बानीहरू त्याग्ने मदत पाएँ। यो क्यालेन्डर मेरो लागि साह्रै महत्वपूर्ण छ। संसारका चारै कुनाका मेरा भाइबहिनीहरूको उदाहरणले मलाई बलियो बनाउँछ। अहिले मलाई थाह छ, यो लडाइँमा म एक्लो छैन अनि सबैभन्दा मुख्य कुरा त यहोवाप्रतिको प्रेम अनि उहाँलाई चढाइने तनमनको सेवा नै हो।”—मार्गरेट, पोल्यान्ड।

“ओहो! परमेश्‍वरको वचन त साँच्चै कत्ति शक्‍तिशाली रहेछ! जब मैले २००३ को क्यालेन्डर पाएँ, आँसु थाम्न मैले धेरै प्रयास गर्नुपऱ्‍यो। फोटोसहितका यी अनुभवहरू विश्‍वासलाई एकदमै बलियो बनाउने खालका छन्‌।”—डार्लिन, संयुक्‍त राज्य अमेरिका।

“यीमध्ये केही मानिसहरूका पुराना जीवन शैलीहरू धेरै हदसम्म मेरो पुरानो जीवन शैलीसित मिल्छ। त्याग्नै नसक्ने जस्तो देखिने दुराचारहरू त्याग्न यहोवाले मलाई बल दिनुभएको छ। यी सत्य जीवन-कथाहरूको लागि मुरीमुरी धन्यवाद।”—विलियम, संयुक्‍त राज्य अमेरिका।