सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टि या संयोग?

बार-टेल्ड गडवीटको यात्रा

बार-टेल्ड गडवीटको यात्रा

बार-टेल्ड गडवीट चराको बसाइँ-सराइ गर्ने प्रक्रिया देखेर छक्क नपर्ने कोही छैन होला। यो चराले आठ दिनभन्दा बढी समय लगाएर एकछिन पनि नरोकीकनै ११,००० किलोमिटर यात्रा गर्छ।

विचार गर्नुहोस्‌: केही प्रजातिका चराहरूले बसाइँ-सराइको लागि पृथ्वीको वरिपरि भएको चुम्बकीय क्षेत्रको सहायता लिन्छन्‌ भनेर विशेषज्ञहरू दाबी गर्छन्‌। उनीहरूको दाबीअनुसार, मानौं यी चराहरूको दिमागमै कम्पास जडान गरिएको हुन्छ। बार-टेल्ड गडवीटले सम्भवतः दिनमा सूर्यको सहायताले र रातमा ताराहरूको सहायताले यात्रा गर्छ। यो प्रजातिको चराले हावाहुरीको पूर्वानुमान पनि गर्न सक्छ जस्तो देखिन्छ। किनभने त्यस्तो मौसममा यो चराले कम बल लगाएर हावाको बहाबसँगसँगै यात्रा गर्छ। तथापि यो चराले यस्तो अचम्म तरिकाले यात्रा गरेको देखेर विज्ञहरू जिल्ल पर्छन्‌। जीवविज्ञ बब गिल यसो भन्छन्‌: “मैले यी चराहरूको अध्ययन गरेको २० वर्ष भइसक्यो। तर यिनीहरूलाई देखेर म अझै पनि तीनछक पर्छु।”

तपाईंलाई कस्तो लाग्छ? बार-टेल्ड गडवीटको यस्तो क्षमता विकासवादको उपज हो या सृष्टि? (g13-E 01)