सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘हाम्रो संसारको रूपै बेग्लै हुनेथियो’

‘हाम्रो संसारको रूपै बेग्लै हुनेथियो’

‘हाम्रो संसारको रूपै बेग्लै हुनेथियो’

मस्कोमा यहोवाका साक्षीहरूको अधिवेशन रद्द गर्ने प्रयासले गत अगस्तमा सबैको ध्यानाकर्षण गऱ्‍यो। (विस्तृत जानकारीका लागि पृष्ठ २७ र २८ हेर्नुहोस्‌।) अगस्त २१, १९९९ को द मस्को टाइम्स-मा आन्द्रे जोलटोभ जुनियरले रिपोर्ट गरेअनुसार “प्रशासन यहोवाका साक्षीहरूको अधिवेशन रोक्ने पक्षमा थिएन भनी खेलकुद विभागका उपनिर्देशक भाल्दीमिर कज्रेभले भने। [अधिवेशन रद्द गर्ने] आदेश कसले दियो भनी आफूलाई थाह नभएको कुरा पनि तिनले बताए।

एक हप्तापछि द मस्को टाइम्स-मा एउटा पत्र प्रकाशित भयो। यो पत्रमा एक पाठकले “एकदमै निष्पक्ष” लेख प्रकाशित गरेकोमा उक्‍त अखबारको प्रशंसा गर्नुका साथै सो लेख “पाठकहरूको ध्यानाकर्षित गर्ने” खालको थियो भनेर बताएका थिए। तिनले लेखे: “यहोवाका साक्षीहरूले वार्षिक अधिवेशनको तयारीको क्रममा भोगेका घोर कठिनाइहरूबारे तपाईंले प्रकाशित गर्नुभएको लेखले [तिनीहरूमाथि] भएको अन्याय [उदांग] पारेको छ।”

त्यसपछि उक्‍त पत्र लेख्ने व्यक्‍ति भन्छन्‌, यहोवाका साक्षीहरू “सारा संसारमा (अब रूसमा पनि) चिरपरिचित छन्‌ . . . तिनीहरू असल, दयालु र नम्र छन्‌ भनेर सबै मानिसहरूलाई थाह छ। साथै तिनीहरूसित व्यवहार गर्न पनि साह्रै सजिलो छ। तिनीहरू कहिल्यै जबरजस्ती गर्दैनन्‌ र अर्थोडक्स क्रिश्‍चियन, मुसलमान वा बौद्धधर्मावलम्बीहरू सबैसित तिनीहरू सधैं शान्तिसाथ बस्न चाहन्छन्‌। तिनीहरूबीच घूसखोरी, मतवालापन वा लागू पदार्थ दूर्व्यसन पाइँदैन र यस्तो हुनुको एकदमै सरल कारण छ: तिनीहरू आफ्नो बाइबल आधारित विश्‍वासअनुसार काम गर्ने अनि बोल्ने गर्छन्‌। यहोवाका साक्षीहरूले जस्तै संसारका सबै मानिसहरूले बाइबलअनुसार जीवनयापन गर्ने कोसिस गर्ने हो भने, हाम्रो क्रूर संसारको रूपै बेग्लै हुनेथ्यो।”

यहोवाका साक्षीहरूबारे जाँचबुझ गर्ने र तिनीहरूसित व्यक्‍तिगत रूपमा भेटघाट गर्ने अख्तियारवालाहरूले उक्‍त भनाइको पुष्टि दिन्छन्‌। उदाहरणका लागि, यस्ता अख्तियारवालाहरूले साक्षीहरूलाई रूसस्थित सेन्ट पिटर्सबर्गमा यो सुन्दर नयाँ सम्मेलन भवन बनाउने अनुमति दिएका छन्‌। गत सेप्टेम्बर १८ मा यस भवनको समर्पण कार्यक्रममा २,२५७ आनन्दित व्यक्‍तिहरूले भवन खचाखच भरिएको थियो। सेन्ट पिटर्सबर्गको राज्यभवन र नजिकैको सोल्नेच्‌नेयमा अवस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा अरू २,२२८ जनाले उक्‍त कार्यक्रम सुने।