सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डामाडोल संसारमा

२ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌

२ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌

यस विषयमा किन चासो राख्नुपर्छ?

अहिले थुप्रैलाई हातमुख जोर्न समेत धौधौ परिरहेको छ। त्यसमाथि संसारको डामाडोल अवस्थाले गर्दा जीवन झन्‌झनै कठिन भइरहेको छ। किन?

  • सङ्‌कट आइपर्दा सबै कुरा महँगो हुन्छ। जस्तै: खानेकुरा, घरभाडा।

  • धेरै मानिस बेरोजगार हुन्छन्‌ वा थोरै तलबमा काम गर्नुपर्ने हुन्छ।

  • प्राकृतिक प्रकोप आउँदा मानिसहरूको व्यापार-व्यवसाय, घरबार अनि अरू सरसम्पत्ति नष्ट हुन्छन्‌। यसले गर्दा धेरै जना गरिबीमा धकेलिन्छन्‌।

तपाईँले के बुझ्नुपर्छ?

  • बुद्धिमानीपूर्वक पैसा प्रयोग गर्नुभयो भने सङ्‌कट आइपर्दा नआत्तिई त्यसको सामना गर्न सक्नुहुन्छ।

  • पैसाले सधैँ सुरक्षा दिन्छ भन्‍ने छैन किनभने आर्थिक उथलपुथल हुँदा आफूसित भएको पैसा र सरसम्पत्ति मूल्यहीन हुन सक्छन्‌।

  • पैसाले किन्‍न नसक्ने कुराहरू पनि छन्‌, जस्तै: आनन्द र परिवारको खुसी।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?

बाइबल भन्छ: “खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।”—१ तिमोथि ६:८.

सन्तुष्ट हुन सिकेका छौँ भने दैनिक आवश्‍यकता पूरा हुँदा हामी खुसी हुनेछौँ, चाहनाहरूको पछि दौडनेछैनौँ। यसो गरेका छौँ भने आफूसित चाहेजति पैसा नहुँदा पनि सन्तुष्ट हुन सक्छौँ।

सन्तुष्ट हुन हामीले सरल जीवन बिताउने कोसिस गर्नुपर्छ। आफ्नो औकातले नभ्याउने कुराहरू किन्‍न थाल्यौँ भने समस्यामाथि समस्या थपिनेछ।