सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | लूका १२-१३

“तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ”

“तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ”

१२:६, ७

येशूले कुन प्रसङ्‌गमा लूका १२:६, ७ का शब्दहरू भन्‍नुभयो? पद ४ हेर्ने हो भने येशूले आफ्ना चेलाहरूलाई उनीहरूको विरोध गर्ने वा उनीहरूलाई मार्न सक्नेहरूदेखि नडराओ भनेर प्रोत्साहन दिनुभएको विवरण पाउँछौँ। येशू आफ्ना चेलाहरूलाई पछि सामना गर्नुपर्ने विरोधका लागि तयार पार्दै हुनुहुन्थ्यो। यहोवा आफ्ना प्रत्येक सेवकलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ अनि उनीहरूलाई सदाको लागि हानि पुग्न कहिल्यै दिनुहुन्‍न भन्‍ने कुरामा येशूले चेलाहरूलाई आश्‍वस्त पार्नुभयो।

खेदोमा परेकाहरूलाई हामी कसरी यहोवाले जस्तै चासो देखाउन सक्छौँ?

आफ्नो विश्‍वासको कारणले गर्दा जेलमा परेका यहोवाका साक्षीहरूबारे ताजा जानकारी हामी कहाँ पाउन सक्छौँ?

कति जना दाजुभाइ दिदीबहिनी जेलमा छन्‌?