सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६२

नयाँ गीत

नयाँ गीत

(भजन ९८)

  1. १. याहको नाउँमा, प्रशंसाको नयाँ गीत गाऊ।

    सबैलाई नै उनका महान्‌ कार्य बताऊ।

    हेर उनको बल; पिता यहोवा विजयी।

    उनी न्यायप्रेमी,

    गर्छन्‌ निसाफ सही।

    (कोरस)

    गाऊ, गाऊ, गाऊ!

    एउटा नयाँ गीत गाऊ!

    गाऊ, गाऊ, गाऊ!

    याह राजा हाम्रा।

  2. २. जय-जयकार, महिमा प्रभु राजालाई!

    गाऊ, आदर देऊ; गाओ भजन रमाइ।

    ठूलो भीडका साथ, याहसामु जोरसोरले गाऊ।

    वीणा र तुरही

    मधुर धुनमा बजाऊ।

    (कोरस)

    गाऊ, गाऊ, गाऊ!

    एउटा नयाँ गीत गाऊ!

    गाऊ, गाऊ, गाऊ!

    याह राजा हाम्रा।

  3. ३. ती सागरका सब कुराले प्रशंसा गाऊन्‌!

    अरू सृष्टिसितै सोर मिलाइ गाऊन्‌!

    भूमि रमाऊन्‌, नदीले ताली बजाऊन्‌!

    डाँडा, बेँसीहरू

    एकसाथ झुम्दै गाऊन्‌!

    (कोरस)

    गाऊ, गाऊ, गाऊ!

    एउटा नयाँ गीत गाऊ!

    गाऊ, गाऊ, गाऊ!

    याह राजा हाम्रा।

(भज. ९६:१; १४९:१; यसै. ४२:१० पनि हेर्नुहोस्‌)