सीधै सामग्रीमा जाने

वाल्किल फोटो ग्यालरी भाग १ (जुलाई २०१३ देखि अक्टोबर २०१४ सम्म)

वाल्किल फोटो ग्यालरी भाग १ (जुलाई २०१३ देखि अक्टोबर २०१४ सम्म)

यहोवाका साक्षीहरूले वाल्किल, न्यु योर्कमा विभिन्‍न भवनहरू थप्दै र त्यसलाई बढाउँदै छन्‌। जुलाई २०१३ देखि अक्टोबर २०१४ मा गरिएको कामको झलक फोटो ग्यालरीमा पाइन्छ। नोभेम्बर २०१५ सम्ममा यो निर्माणकार्य सिध्याउने लक्ष्य राखिएको छ।

अक्टोबर २१, २०१३ मा माथिबाट खिचिएको वाल्किलको भवनहरूको तस्बिरहरू।

  1. १. अन्‍न पिस्ने मिल (जनवरी २०१४ मा हटाइयो)

  2. २. लन्ड्री/ड्राइ क्लिन

  3. ३. भोजन कोठा

  4. ४. ‘ङ’ आवास

  5. ५. सेवा भवन

  6. ६. छापाखाना

  7. ७. सावाङ्‌गङ्‌क किल (खोला)

जुलाई १२, २०१३—लन्ड्री/ड्राइ क्लिन

क्रेनले बाहिरको भित्ता उठाउँदै छ। ती भित्ताहरू निर्माणस्थलमै पहिल्यै तयार पारिएको हो।

जुलाई १९, २०१३—‘ङ’ आवास

डकर्मीहरू डक्स प्लाङ्‌क भनिने ब्लकले बनेको भुइँमा फाइबरको पाता (FRP) जडान गर्दै छन्‌। भवनलाई भूकम्प प्रतिरोधी बनाउन लगभग ७,६०० मिटरको कार्बोन फाइबर प्रयोग गरिएको छ।

अगस्त ५, २०१३—‘ङ’ आवास

डकर्मीहरू भित्ता मर्मत गर्दै छन्‌।

अगस्त ३०, २०१३—लन्ड्री/ड्राइ क्लिन

नयाँ मेसिनहरूको लागि स्टिल जडान गरिंदै छ।

सेप्टेम्बर १७, २०१३—‘ङ’ आवास

नयाँ छतको पत्र काटेर मिलाउँदै छन्‌।

अक्टोबर १५, २०१३—‘ङ’ आवास

फाइबरको पाता जडान गरिएको ठाउँमा हावा छिरेको छ कि छैन भनेर डकर्मीहरू जाँच्दै छन्‌। हावा छिरेको छ भने थप पाताहरू जडान गरिन्छ।

नोभेम्बर १५, २०१३—लन्ड्री/ड्राइ क्लिन

छतको काममा हावा बाहिर फ्याँक्ने पङ्‌खा जडान गर्ने काम पनि पर्छ।

डिसेम्बर ९, २०१३—‘ङ’ आवास

गमले डक्स प्लाङ्‌क भनिने ब्लकमा चर्केको ठाउँहरू टाल्दै छन्‌। भूकम्प प्रतिरोधी भवन बनाउन डेढ वर्ष लाग्यो।

डिसेम्बर ११, २०१३—लन्ड्री/ड्राइ क्लिन

फोहोर पानीलाई तान्‍न मेसिन जडान गर्न डकर्मीले तयारी गर्दै।

जनवरी १०, २०१४—अन्‍न पिस्ने मिल

सन्‌ १९६० देखि २००८ सम्म प्रयोग गरिएको अन्‍न भण्डारलाई हटाइँदै छ। वालकिलको फार्ममा कुखुरा, गाई वा बङ्‌गुर पालन हटाइएपछि यो अन्‍न भण्डारको कुनै आवश्‍यकता रहेन।

जनवरी २२, २०१४—सेवा भवन

सभाकक्षको मर्मतसम्भार गर्न सिटहरू हटाउँदै छन्‌।

जनवरी २९, २०१४—अन्‍न पिस्ने मिल

यी अन्‍न भण्डारहरू दाना राख्न प्रयोग गरिन्थ्यो।

मार्च ३, २०१४—छापाखाना

प्राविधिक तालिम विभागको लागि नयाँ भवन तयार गर्दै छन्‌।

जुलाई ४, २०१४—सेवा भवन

धातुको खम्बामा वेल्डिङ गर्दै छन्‌।

सेप्टेम्बर १९, २०१४—भोजन कोठा (‘ङ’ आवास)

डकर्मीहरूलाई खाना खुवाउन प्रयोग गरिएको ठाउँमा कार्पेट ओछ्याउँदै छन्‌।

सेप्टेम्बर २२, २०१४—‘ङ’ आवास

भवनको पहिलो तल्लाको गोलाकार आकृतिमा रङ्‌ रोगन गर्न तयारी गर्दै छन्‌।

सेप्टेम्बर २४, २०१४—सेवा भवन

लिफ्टको लागि फलामको डन्डीहरू मिलाउँदै छन्‌।

अक्टोबर २, २०१४—भोजन कोठा (‘ङ’ आवास)

भोजन कोठा ठूलो बनाइएको छ। यहाँ बढीमा १,९८० सिट राख्न मिल्छ।

अक्टोबर २२, २०१४—सेवा भवन

खम्बाको लागि खाल्टो अझ गहिरो बनाउँदै छन्‌। यसले भवनलाई भूकम्प प्रतिरोधी बनाउँछ।