सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बहुमूल्य रत्न खोजौं | एस्तर १–५

एस्तर परमेश्वरका जनहरूको पक्षमा खडा भइन्‌

एस्तर परमेश्वरका जनहरूको पक्षमा खडा भइन्‌

परमेश्वरका जनहरूको पक्षमा खडा भएर एस्तरले बलियो विश्वास र साहस देखाइन्‌

  • राजाको अनुमतिविना तिनीसामु जानु भनेको मृत्युदण्ड पाउन लायकको अपराध थियो। राजाले एस्तरलाई नबोलाएको ३० दिन बितिसकेको थियो

  • राजा अहासूरस सायद जारसेज प्रथम थिए। तिनी असाध्यै रिसाहा थिए। एक पटक तिनले एक जना मानिसलाई दुई टुक्रा पारेर मार्ने आदेश दिए र सबैलाई चेतावनी दिन त्यस लासलाई सार्वजनिक रूपमा प्रदर्शन गरे। आफूप्रति अनाज्ञाकारी भएकी रानी वस्तीलाई पनि तिनले रानी पदबाट हटाए

  • एस्तरले राजालाई आफू यहूदी भएको कुरा खुलाउनुपरेको थियो र राजाका भरोसायोग्य सल्लाहकार नै षड्‌यन्त्रकारी भएको कुरामा पनि विश्वास दिलाउनुपरेको थियो