मानिसहरूलाई सभाको निम्तो दिंदै

जीवन र सेवा अभ्यास पुस्तिका अक्टोबर २०१६

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!, मण्डलीको सभाहरूको निम्तोपर्ची र मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ भनेर देखाउने बाइबल सत्य प्रस्तुत गर्ने तरिकाहरू। आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

“तेरो सारा भरोसा परमेश्वरमा राख्”

यहोवामा भरोसा राख्दा उहाँले त्यसको इनाम दिनुहुन्छ भनेर हितोपदेश अध्याय ३ ले आश्वस्त पार्छ। सारा भरोसा यहोवामा राख्नुभएको छ कि छैन भनेर कसरी थाह पाउन सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

“तेरो मन त्यसको चालतिर फस्न नदे”

हितोपदेश अध्याय ७ मा एक जवान मानिसको मन यहोवाको स्तरबाट तर्किंदा ऊ कसरी गलत काम गर्न पुग्छ भनेर बताइएको छ। उसको गल्तीबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो

हितोपदेश अध्याय १६ ले बताएअनुसार बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल छ। ईश्वरीय बुद्धि किन यत्ति बहुमूल्य छ?

ख्रीष्टियन जीवन

राम्रो टिप्पणी कसरी दिने?

राम्रो टिप्पणीले टिप्पणी दिने व्यक्ति र मण्डली दुवैलाई फाइदा गर्छ। राम्रो टिप्पणी कस्तो हुन्छ?

बाइबलमा पाइने अनमोल धन

अरूसित शान्ति कायम गर्नुहोस्

यहोवाका मानिसहरूबीचको शान्ति संयोगको कुरा मात्र होइन। मनमुटाव हुँदा भावनात्मक चोट लाग्न सक्छ तर परमेश्वरको वचनमा पाइने सल्लाहले त्यसलाई निको पार्छ।

बाइबलमा पाइने अनमोल धन

“बालकलाई ठीक बाटोमा लगाऊ”

छोराछोरीलाई सही तरिकामा तालिम दिन अनुशासन किन महत्त्वपूर्ण छ? हितोपदेश २२ अध्यायमा आमाबुबाको लागि राम्रो सल्लाह पाइन्छ।

ख्रीष्टियन जीवन

के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?

मानिसहरूको ध्यान परमेश्वरको वचनमा र हाम्रो वेबसाइटमा खिच्न JW.ORG कार्ड प्रयोग गर्नुहोस्।