सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ४३

धन्यवादको प्रार्थना

धन्यवादको प्रार्थना

(भजन ९५:२)

  1. १. दयालु याह गर्दछौँ प्रार्थना।

    दिन्छौँ धन्यवाद गर्छौँ प्रशंसा।

    राख्छौ ख्याल हाम्रो गर्छौ औधी माया।

    चढाउँछौँ सदा तनमनको सेवा।

    कमजोर छौँ दिनहुँ गल्ती गर्दछौँ।

    माग्छौँ माफी र पश्‍चात्ताप गर्छौँ।

    फिरौतीको मोल तिऱ्‍यौ छोरा दिई।

    बुझ्छौ हे याह हाम्रो कमजोरी।

  2. २. धन्यवाद याह पायौँ तिम्रो माया।

    बोलायौ हामीलाई आफ्नो छेउमा।

    देऊ मदत याह चिन्‍न तिमीलाई।

    सिकाऊ वफादार हुन हामीलाई।

    धन्यवाद छ दियौ पवित्र शक्‍ति।

    पायौँ साहसी भै बोल्ने शक्‍ति।

    नम्र भै हिँडिर’न सकौँ सदा।

    खुसी छौँ हामी तिम्रो सेवामा।

(भज. ६५:२, ४, ११; फिलि. ४:६ पनि हेर्नुहोस्‌)