येसु—बाटो, सत्य र जीवन

येसुको जीवनमा घटेका घटनाहरूबारे बाइबलमा रेकर्ड गरिएका विवरणहरू थाह पाउन यो किताब पढ्‌नुहोस्‌।

परिचय

बाटो, सत्य र जीवन

सुसमाचारको किताबमा रेकर्ड गरिएको येसुको शिक्षा र उहाँले गर्नुभएका कामहरूले हाम्रो जीवन परिवर्तन गर्न सक्छ।

अध्याय १

परमेश्‍वरबाट आएको दुइटा सन्देश

गब्रिएल स्वर्गदूत पत्याउनै गाह्रो सन्देशहरू सुनाउँछन्‌।

अध्याय २

येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिन्छ

इलिसिबा र उनको गर्भमा रहेको शिशुले कसरी येसुको सम्मान गरे?

अध्याय ३

बाटो तयार पार्ने जन्मिन्छन्‌

चमत्कारपूर्ण ढङ्‌गमा फेरि बोल्न सक्ने हुनेबित्तिकै जकरियाले एउटा महत्त्वपूर्ण भविष्यवाणी गरे।

अध्याय ४

मरियम—गर्भवती तर अविवाहित

मरियमले आफू कुनै पुरुषद्वारा नभई पवित्र शक्‍तिद्वारा गर्भवती भएकी हुँ भन्दा के युसुफले तिनको कुरामा विश्‍वास गर्छन्‌?

अध्याय ५

येसुको जन्म—कहाँ र कहिले?

येसुको जन्म डिसेम्बर २५ मा भएको होइन भनेर हामी किन भन्‍न सक्छौँ?

अध्याय ६

प्रतिज्ञा गरिएको बालक

युसुफ र मरियमले बालक येसुलाई मन्दिरमा ल्याउँदा दुई जना वृद्ध भविष्यवक्‍ताले येसुको जीवनबारे भविष्यवाणी गर्छन्‌।

अध्याय ७

ज्योतिषीहरू येसुलाई भेट्‌न जान्छन्‌

ज्योतिषीहरूले पूर्वमा छँदा देखेको ताराले सुरुमा उनीहरूलाई येसुकहाँ नभई येसुलाई मार्न खोजिरहेका राजा हेरोदकहाँ किन डोऱ्‍यायो?

अध्याय ८

तिनीहरू दुष्ट शासकबाट भाग्छन्‌

येसुको बाल्यकालमा मसीहबारे गरिएको तीन वटा बाइबल भविष्यवाणी पूरा हुन्छ।

अध्याय ९

नासरतमा हुर्कनुहुन्छ

येसुका कति जना भाइबहिनी थिए?

अध्याय १०

येसुको परिवार यरुसलेमको यात्रामा निस्कन्छ

येसुलाई फेला पार्न नसक्दा युसुफ र मरियम अत्तालिन्छन्‌ तर आफू हुनुपर्ने ठाउँ तिनीहरूलाई थाह नभएको देखेर येसु छक्क पर्नुहुन्छ

अध्याय ११

बप्तिस्मा गराउने युहन्‍ना बाटो तयार पार्छन्‌

आफूकहाँ आउने फरिसी र सदुकीहरूको युहन्‍ना निन्दा गर्छन्‌। किन?

अध्याय १२

येसु बप्तिस्मा गर्नुहुन्छ

येसुले कहिल्यै कुनै पाप नगरे तापनि उहाँले किन बप्तिस्मा गर्नुभयो?

अध्याय १३

येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌

दियाबलले येसुमाथि ल्याएको प्रलोभनले दियाबलबारे दुई वटा कुरा प्रमाणित गर्छ।

अध्याय १४

येसु चेलाहरू रोज्न थाल्नुहुन्छ

येसुका प्रथम छ जना चेलाहरू आफूले मसीह भेट्टाएको कुरामा किन विश्‍वस्त हुन सके?

अध्याय १५

येसु पहिलो चमत्कार गर्नुहुन्छ

येसु आफ्नी आमालाई अब उहाँ आमाको निर्देशनअनुसार होइन, स्वर्गमा बस्नुहुने बुबाको निर्देशनअनुसार चल्नुपर्छ भनेर देखाउनुहुन्छ।

अध्याय १६

येसु साँचो उपासनाको लागि जोस देखाउनुहुन्छ

परमेश्‍वरको व्यवस्थाले मानिसहरूलाई बलिदान चढाउनको लागि यरुसलेममा जनावरहरू किन्‍ने छुट दिएको थियो तैपनि येसु मन्दिरका व्यापारीहरूसित किन क्रोधित हुनुभयो?

अध्याय १७

येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ

‘फेरि जन्मनुको’ अर्थ के हो?

अध्याय १८

युहन्‍ना घट्‌छन्‌, येसु बढ्‌नुहुन्छ

बप्तिस्मा गराउने युहन्‍नाका चेलाहरू डाह गर्छन्‌ तर युहन्‍ना गर्दैनन्‌।

अध्याय १९

सामरियाली स्त्रीलाई सिकाउनुहुन्छ

येसु त्यस स्त्रीलाई सम्भवतः उहाँले यसअघि कसैलाई नभन्‍नुभएको कुरा भन्‍नुहुन्छ।

अध्याय २०

कानामा दोस्रो चमत्कार

येसु २६ किलोमिटर टाढैबाट एक जना केटोलाई निको पार्नुहुन्छ

अध्याय २१

नासरतको सभाघरमा

येसुले भन्‍नुभएको कुन कुराले गर्दा उहाँको गृहनगरका मानिसहरूले उहाँलाई मार्न खोज्छन्‌?

अध्याय २२

चार जना चेला मानिसहरूको जलारी हुन्छन्‌

उहाँ तिनीहरूलाई माछा मार्ने जलारी हुन छोडेर मानिसहरूको जलारी हुन बोलाउनुहुन्छ।

अध्याय २३

येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ

येसुले प्रेतहरूलाई धपाउनुहुँदा उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर मानिसहरूलाई भन्‍नदेखि तिनीहरूलाई रोक्नुहुन्छ। किन?

अध्याय २४

गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ

बिरामीहरू निको हुन येसुकहाँ आउँछन्‌ तर उहाँ आफ्नो सेवाको कामको अझ ठूलो उद्देश्‍य छ भनेर बताउनुहुन्छ।

अध्याय २५

करुणाले भरिएर एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ

आफूले निको पार्ने मानिसहरूको ख्याल राखेको कुरा येसु सरल तर सशक्‍त तरिकामा देखाउनुहुन्छ।

अध्याय २६

“तिम्रो पाप क्षमा भयो”

येसु पाप र रोगबिमारबीचको सम्बन्ध कसरी स्पष्ट पार्नुहुन्छ?

अध्याय २७

मत्तिलाई बोलाउनुहुन्छ

येसु किन पापीहरूसित बसेर खानुहुन्छ?

अध्याय २८

येसुका चेलाहरू किन उपवास बस्दैनन्‌?

जवाफ दिन येसु मशकको उदाहरण चलाउनुहुन्छ।

अध्याय २९

विश्रामदिनमा असल काम गर्न मिल्छ?

येसुले ३८ वर्षदेखि बिरामी भएको मानिसलाई निको पार्नुहुँदा यहुदीहरू किन उहाँको खेदो गर्छन्‌?

अध्याय ३०

येसु परमेश्‍वरको छोरा हुनुहुन्छ

यहुदीहरूको विचारमा येसुले आफूलाई परमेश्‍वरबराबर बनाउन खोज्दै हुनुहुन्छ। तर येसुले परमेश्‍वर आफूभन्दा महान्‌ हुनुहुन्छ भनेर स्पष्ट पार्नुहुन्छ।

अध्याय ३१

विश्रामदिनमा अन्‍नको बाला टिप्छन्‌

येसु किन आफूलाई “विश्रामदिनको प्रभु” भन्‍नुहुन्छ?

अध्याय ३२

विश्रामदिनमा के गर्दा नियम उल्लङ्‌घन हुन्छ?

सदुकीहरू र फरिसीहरू साधारणतया आपसमा मिल्दैनन्‌ तर एउटा विषयमा भने तिनीहरू एकजुट हुन्छन्‌।

अध्याय ३३

यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ

येसु आफूले निको पारेका मानिसहरूलाई उहाँ को हो र उहाँले के गर्नुभयो भनेर कसैलाई नभन्‍नू भनी किन आदेश दिनुहुन्छ?

अध्याय ३४

येसु बाह्र प्रेषित रोज्नुहुन्छ

प्रेषित र चेलामा के भिन्‍नता छ?

अध्याय ३५

प्रख्यात डाँडाको उपदेश

येसुले आफ्नो उपदेशमा समावेश गर्नुभएका मुख्य बुँदाहरूबारे बुझ्नुहोस्‌।

अध्याय ३६

सैनिक अफिसर ठूलो विश्‍वास देखाउँछन्‌

सैनिक अफिसरले भनेको कुन कुराले गर्दा येसु आश्‍चर्यचकित हुनुहुन्छ?

अध्याय ३७

येसु एउटी विधवाको छोरालाई जीवित पार्नुहुन्छ

यो चमत्कार देख्नेहरूले यो कत्ति अर्थपूर्ण छ भनेर बुझे।

अध्याय ३८

युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌

येसु नै मसीह हुनुहुन्छ कि हुनुहुन्‍न भनेर युहन्‍नाले सोध्नुको कारण के हो? तिनको मनमा शङ्‌का उब्जिएकोले हो कि?

अध्याय ३९

अपश्‍चात्तापी पुस्तालाई धिक्कार छ

न्यायको दिनमा सदोमले भन्दा उहाँको गतिविधिको केन्द्र रहेको कफर्नहुम सहरले चर्को दण्ड पाउनेछ भनेर येसु भन्‍नुहुन्छ।

अध्याय ४०

क्षमासम्बन्धी पाठ

सायद वेश्‍यावृत्तिमा लागेकी स्त्रीलाई उसको पाप क्षमा भयो भन्दा के येसुले परमेश्‍वरको नियम तोड्‌नु सही हो भन्‍न खोज्दै हुनुहुन्थ्यो?

अध्याय ४१

चमत्कार—कसको शक्‍तिद्वारा?

येसुका भाइहरू उहाँको दिमाग खुस्कियो भन्ठान्छन्‌।

अध्याय ४२

येसु फरिसीहरूलाई हप्काउनुहुन्छ

“भविष्यवक्‍ता योनाको चिन्ह” के हो?

अध्याय ४३

राज्यसम्बन्धी उदाहरणहरू

स्वर्गको राज्यका विभिन्‍न पक्ष बुझाउन येसु आठ वटा उदाहरण सुनाउनुहुन्छ

अध्याय ४४

येसु समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ

आँधी र समुद्रलाई शान्त पारेर येसुले आफ्नो शासनमा जीवन कस्तो हुनेछ भन्‍नेबारे महत्त्वपूर्ण कुरा सिकाउनुभयो।

अध्याय ४५

येसुसित प्रेतहरूलाई काबूमा राख्ने शक्‍ति छ

के कुनै मानिसमा एउटा भन्दा धेरै प्रेत बास गर्न सक्छ?

अध्याय ४६

येसुको लुगा छोएर निको हुन्छे

यो मार्मिक घटनामा येसु आफ्नो शक्‍ति र करुणा देखाउनुहुन्छ।

अध्याय ४७

सानी केटी फेरि जीवित हुन्छे!

येसुले त्यो केटी निदाइरहेकी छे भन्‍नुहुँदा मानिसहरू उहाँको खिल्ली उडाउँदै हाँस्छन्‌। ती मानिसहरूलाई थाह नभएको कुन कुरा उहाँलाई थाह छ?

अध्याय ४८

चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ

नासरतका मानिसहरूले येसुलाई उहाँको शिक्षा र चमत्कारहरूले गर्दा नभई अरू नै कारणले तिरस्कार गर्छन्‌।

अध्याय ४९

गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ

‘स्वर्गको राज्य नजिकै आएको छ’ भन्‍नुको मतलब के हो?

अध्याय ५०

खेदोको बाबजुद प्रचार गर्न तयार

येसु तिनीहरूलाई मृत्युदेखि नडराउन भन्‍नुहुन्छ तर अर्कोतिर खेदो आइपर्दा त्यहाँबाट भाग पनि भन्‍नुहुन्छ, किन?

अध्याय ५१

जन्मदिनको भोजमा हत्या

सलोमीको नाच देखेर हेरोद यति खुसी हुन्छन्‌ कि उनले जे मागे पनि दिने कसम खान्छन्‌। उनले कस्तो डरलाग्दो माग गर्छिन्‌?

अध्याय ५२

केही टुक्रा रोटी र माछाले हजारौँलाई खुवाउनुहुन्छ

येसुको यो चमत्कार अत्यन्तै उल्लेखनीय भएकोले यो विवरण चारै वटा सुसमाचारको पुस्तकमा पाइन्छ।

अध्याय ५३

बतास र समुद्रलाई नियन्त्रणमा राख्न सक्नुहुने शासक

येसु पानीमा हिँड्‌नुहुँदा र बतासलाई शान्त पार्नुहुँदा प्रेषितहरूले कस्तो पाठ सिक्छन्‌?

अध्याय ५४

येसु—“जीवन दिने रोटी”

येसुकहाँ आउन मानिसहरूले धेरै मेहनत गरे तापनि उहाँ तिनीहरूलाई किन हप्काउनुहुन्छ?

अध्याय ५५

येसुको कुरा सुनेर धेरै जना स्तब्ध हुन्छन्‌

येसुले मानिसहरू स्तब्ध हुने यस्तो शिक्षा सिकाउनुहुन्छ, जसले गर्दा थुप्रै चेला उहाँलाई छोडेर जान्छन्‌।

अध्याय ५६

केले मानिसलाई अशुद्ध बनाउँछ?

मुखबाट जे भित्र पस्छ, त्यसले अशुद्ध बनाउँछ वा मुखबाट जे बाहिर निस्कन्छ, त्यसले?

अध्याय ५७

येसु एउटी केटी र एक जना बहिरोलाई निको पार्नुहुन्छ

येसुले एउटी स्त्रीको देशका मानिसहरूलाई छाउराहरूसित तुलना गर्नुहुँदा तिनी किन आपत्ति जनाउँदिनन्‌?

अध्याय ५८

उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ

येसुका चेलाहरूले बल्ल उहाँले भन्‍नुभएको खमिरको अर्थ बुझ्छन्‌।

अध्याय ५९

मानिसको छोरा को हो?

स्वर्गका राज्यका साँचाहरू भनेको के हो? ती कसले प्रयोग गर्ने थिए र कसरी?

अध्याय ६०

रूप परिवर्तन—ख्रिष्ट महिमित हुनुभएको दृश्‍य

कसको रूप परिवर्तन हुन्छ? यसको अर्थ के हो?

अध्याय ६१

येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ

विश्‍वासको कमीले गर्दा निको पार्न नसकिएको हो भनी येसु बताउनुहुन्छ। तर कसको विश्‍वासको कमी? त्यो केटाको, उसको बुबाको वा येसुका चेलाहरूको?

अध्याय ६२

नम्रताबारे महत्त्वपूर्ण पाठ

वयस्कहरूले सानो बालकबाट एउटा महत्त्वपूर्ण पाठ सिक्छन्‌।

अध्याय ६३

येसु प्रेषितहरूलाई अझ महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ

भाइहरूबीचको गम्भीर मामिलालाई सँभाल्न चाल्नुपर्ने तीन वटा कदमबारे उहाँ बताउनुहुन्छ।

अध्याय ६४

क्षमा दिनुपर्ने महत्त्व

हामी अरूलाई क्षमा दिन इच्छुक छौँ कि छैनौँ भन्‍ने कुरालाई परमेश्‍वर कत्ति गम्भीरतापूर्वक लिनुहुन्छ भन्‍ने कुरा बुझाउन येसु आफ्नो सङ्‌गी दासलाई कृपा नदेखाउने एक जना दासको उदाहरण बताउनुहुन्छ।

अध्याय ६५

यरुसलेमतर्फ जाँदै गर्नुहुँदा शिक्षा दिनुहुन्छ

तीन वटा विषयमा गरिएको छोटो कुराकानीमा येसुले मानिसहरूलाई उहाँको पछि लाग्नदेखि रोक्न सक्ने फरक-फरक मनोवृत्तिबारे बताउनुहुन्छ।

अध्याय ६६

झुप्रोबासको चाडको लागि यरुसलेममा

येसुको कुरा सुनिरहेका मानिसहरूले उहाँमा प्रेत बास गरेको छ भनेर किन भन्छन्‌?

अध्याय ६७

“यो मानिसले जस्तो त कसैले बोलेको छैन”

यहुदीहरूको सर्वोच्च अदालतका प्रायः सबै सदस्य येसुको विरोध गर्छन्‌ तर एक जना सदस्यले भने येसुको पक्षमा बोल्ने हिम्मत जुटाउँछन्‌।

अध्याय ६८

परमेश्‍वरका छोरा “संसारको ज्योति” हुनुहुन्छ

येसुले “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ” भन्‍नुभयो। तर केबाट स्वतन्त्र?

अध्याय ६९

तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?

अब्राहामको सन्तानलाई कसरी चिन्‍न सकिन्छ भनेर बताउनुका साथै येसु आफ्नो बुबा वास्तवमा को हुनुहुन्छ भनेर पनि बताउनुहुन्छ।

अध्याय ७०

येसु जन्मजात अन्धो मानिसलाई निको पार्नुहुन्छ

चेलाहरू त्यो मानिस किन जन्मजात अन्धो भयो भनेर सोध्छन्‌। उसले पाप गरेकोले हो? अथवा उसको आमाबुबाले पाप गरेकोले? येसुले उसलाई निको पार्नुभएपछि मानिसहरू फरक-फरक प्रतिक्रिया देखाउँछन्‌।

अध्याय ७१

पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्‍न गर्छन्‌

पहिलाको अन्धो मानिसको तर्क सुनेर फरिसीहरू रिसले चूर हुन्छन्‌। उसका आमाबुबालाई जुन कुराको डर थियो, त्यही हुन्छ; फरिसीहरू उसलाई सभाघरबाट निकालिदिन्छन्‌।

अध्याय ७२

येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ

यहुदियामा येसु ७० जना चेलालाई दुई-दुई जना गरी प्रचारमा पठाउनुहुन्छ। चेलाहरूले मानिसहरूलाई कहाँ खोज्नुपर्ने थियो, सभाघरहरूमा कि घरघरमा?

अध्याय ७३

एक सामरियाली असल छिमेकी साबित हुन्छन्‌

एउटा महत्त्वपूर्ण पाठ सिकाउन येसु “असल सामरियाली”-को कथा सुनाउनुहुन्छ।

अध्याय ७४

अतिथिसत्कार र प्रार्थनासम्बन्धी पाठ

येसु मरियम र मार्थाको घर जानुहुन्छ। त्यहाँ उहाँले अतिथिसत्कारबारे के कुरा सिकाउनुहुन्छ? पछि उहाँले चेलाहरूलाई प्रार्थनाबारे के कुरा सिकाउनुहुन्छ?

अध्याय ७५

येसु आनन्दको स्रोतबारे बताउनुहुन्छ

येसु आफ्ना आलोचकहरूलाई “परमेश्‍वरको औँला”-बारे र तिनीहरूले कुन अर्थमा परमेश्‍वरको राज्य आएको चालै पाएका छैनन्‌ भन्‍नेबारे बताउनुहुन्छ। उहाँ मानिसहरूले कसरी साँचो आनन्द प्राप्त गर्न सक्छन्‌ भनेर पनि बताउनुहुन्छ।

अध्याय ७६

एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ

येसु शास्त्री र फरिसीहरूको कपट उदाङ्‌ग पारिदिनुहुन्छ। तिनीहरूले मानिसहरूलाई कस्तो भारी बोक्न बाध्य बनाएका छन्‌?

अध्याय ७७

येसु धनसम्पत्तिबारे सल्लाह दिनुहुन्छ

येसुले आफ्नो भण्डारलाई अझ ठूलठूलो बनाएको एक जना धनी मानिसको उदाहरण बताउनुहुन्छ। धनसम्पत्तिको पछि लाग्दा हुने खतराबारे येसु कुन सल्लाह दोहोऱ्‍याउनुहुन्छ?

अध्याय ७८

विश्‍वासी भण्डारे हो, तयार रहो!

येसु आफ्ना चेलाहरूको आध्यात्मिक सुस्वास्थ्यमा चासो राखेको कुरा देखाउनुहुन्छ। तिनीहरूको आध्यात्मिक सुस्वास्थ्यमा भण्डारेको कस्तो भूमिका रहनेछ? तयार रहो भन्‍ने येसुको सल्लाह किन धेरै महत्त्वपूर्ण छ?

अध्याय ७९

अविश्‍वासी यहुदीहरूको विनाश किन नजिकै छ?

आफूले मदत दिन खोजेको यहुदीहरूले पश्‍चात्ताप गरेनन्‌ भने तिनीहरूले विनाश भोग्नुपर्नेछ भनेर येसु भन्‍नुहुन्छ। परमेश्‍वरसितको सम्बन्धबारे येसुले सिकाउन खोज्नुभएको महत्त्वपूर्ण पाठ के तिनीहरूले सिक्नेछन्‌?

अध्याय ८०

असल गोठालो र गोठहरू

गोठालो र तिनका भेडाहरूबीचको सम्बन्धबाट येसु आफ्ना चेलाहरूप्रति कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न सकिन्छ। के तिनीहरू उहाँको शिक्षालाई चिनेर उहाँको पछि लाग्नेछन्‌?

अध्याय ८१

बुबासित एक हुनुहुन्छ तर उहाँ परमेश्‍वर हुनुहुन्‍न

येसुका केही आलोचकहरू उहाँले आफूलाई परमेश्‍वरको बराबर बनाउन खोजेको आरोप लगाउँछन्‌। येसु कसरी कौशलतापूर्वक तिनीहरूको झूटो आरोपको खण्डन गर्नुहुन्छ?

अध्याय ८२

पेरियामा येसुको सेवाको काम

येसु आफ्ना श्रोताहरूलाई उद्धार पाउन के गर्नुपर्छ भनी बताउनुहुन्छ। त्यतिबेला येसुको यो सुझाव अत्यन्तै महत्त्वपूर्ण थियो। आज नि?

अध्याय ८३

रात्रिभोजको निम्तो—परमेश्‍वर कसलाई निम्तो दिनुहुन्छ?

फरिसीको घरमा खाना खान बस्नुहुँदा येसु भव्य रात्रिभोजको उदाहरण बताउनुहुन्छ। उहाँ परमेश्‍वरका सबै सेवकको लागि महत्त्वपूर्ण पाठ सिकाउनुहुन्छ। त्यो के हो?

अध्याय ८४

चेला बन्‍नु—कत्तिको गम्भीर जिम्मेवारी?

ख्रिष्टको चेला बन्‍नु एउटा गम्भीर जिम्मेवारी हो। उहाँको चेला बन्‍नुमा के-के समावेश छ भनेर येसु स्पष्ट पार्नुहुन्छ। पछि येसुको अनुयायी बन्‍ने कोही-कोही उहाँले भन्‍नुभएको कुरा सुनेर स्तब्ध हुन्छन्‌।

अध्याय ८५

पापीले पश्‍चात्ताप गर्दा हुने रमाहट

येसुले सर्वसाधारणसित सङ्‌गत गर्नुभएको देखेर फरिसीहरू र शास्त्रीहरू उहाँको आलोचना गर्छन्‌। जवाफमा येसुले परमेश्‍वर पापीहरूलाई कसरी हेर्नुहुन्छ भनेर देखाउने उदाहरणहरू बताउनुहुन्छ।

अध्याय ८६

हराएको छोरा फर्किन्छ

येसुले बताउनुभएको उडन्ते छोराको उदाहरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

अध्याय ८७

चतुर हुनुहोस्‌ र पहिल्यै योजना बनाउनुहोस्‌

आफ्नो फाइदाको लागि धूर्त योजना बनाउने भण्डारेको उदाहरण चलाउँदै येसु एउटा महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ।

अध्याय ८८

धनी मानिस र लाजरसको अवस्थामा आएको परिवर्तन

येसुले बताउनुभएको उदाहरण बुझ्न यसको दुई मुख्य पात्रले कसलाई चित्रण गर्छ भनेर बुझ्नुपर्छ।

अध्याय ८९

यहुदिया जाँदै गर्दा पेरियामा शिक्षा दिनुहुन्छ

कसैले हामीविरुद्ध बारम्बार पाप गर्दा पनि क्षमा दिन मदत गर्ने एउटा गुणमा येसु जोड दिनुहुन्छ।

अध्याय ९०

“मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ”

येसुले उहाँमाथि विश्‍वास गर्ने मानिस “कहिल्यै मर्नेछैन” भन्‍नुहुँदा उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

अध्याय ९१

लाजरस फेरि जीवित हुन्छन्‌

यस घटनाको मुख्य दुइटा पक्षले गर्दा येसुका विरोधीहरूले समेत यस चमत्कारलाई नकार्न सक्दैनन्‌।

अध्याय ९२

दस जना कुष्ठरोगी निको हुन्छन्‌, एक जनाले कृतज्ञता देखाउँछ

निको भएको ती मानिसले येसुप्रति मात्र होइन, अर्को एक जनाप्रति पनि कृतज्ञता देखाउँछन्‌।

अध्याय ९३

मानिसको छोरा प्रकट हुनेछन्‌

ख्रिष्टको उपस्थिति कुन अर्थमा बिजुली चम्केझैँ हुनेछ?

अध्याय ९४

प्रार्थना र नम्रता—दुई महत्त्वपूर्ण आवश्‍यकता

दुष्ट न्यायाधीश र विधवाको उदाहरणमा येसु एउटा खास गुणमा जोड दिनुहुन्छ।

अध्याय ९५

सम्बन्धविच्छेदबारे र साना केटाकेटीलाई माया गर्नेबारे सिकाउनुहुन्छ

केटाकेटीप्रति येसुको दृष्टिकोण चेलाहरूको भन्दा एकदमै फरक छ। कसरी?

अध्याय ९६

येसु जवान धनी मानिसलाई जवाफ दिनुहुन्छ

धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ भनेर येसु किन भन्‍नुहुन्छ?

अध्याय ९७

अङ्‌गुर बगानका खेतालाहरूको उदाहरण

पहिला कसरी पछिल्ला हुनेछन्‌ र पछिल्ला कसरी पहिला हुनेछन्‌?

अध्याय ९८

प्रेषितहरू फेरि प्रतिष्ठा खोज्छन्‌

याकुब र युहन्‍ना येसुलाई उहाँको राज्यमा विशेष स्थान दिन आग्रह गर्छन्‌ तर त्यस्तो इच्छा गर्ने तिनीहरू मात्र होइनन्‌।

अध्याय ९९

येसु अन्धाहरूलाई निको पार्नुहुन्छ र जक्कैलाई मदत गर्नुहुन्छ

येसुले यरिहोनजिकै अन्धो मानिसलाई निको पार्नुभएको बाइबल विवरणहरू बाझिएको जस्तो देखिए तापनि वास्तवमा बाझिएको होइन भनेर किन भन्‍न सकिन्छ?

अध्याय १००

येसुले बताउनुभएको १० मीनाको उदाहरण

येसुले “जोसित छ, उसलाई अझ धेरै दिइनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ” भन्‍नुको अर्थ के हो?

अध्याय १०१

बेथानिमा सिमोनको घरमा खाना खानुहुन्छ

लाजरसकी दिदी मरियमले गरेको एउटा कामले गर्दा विवाद खडा हुन्छ। तर येसु उनको पक्ष लिनुहुन्छ।

अध्याय १०२

राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ

उहाँ पाँच सय वर्षअघि गरिएको भविष्यवाणी पूरा गर्नुहुन्छ।

अध्याय १०३

मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ

यरुसलेमका व्यापारीहरूले गरिरहेको व्यापार वैधजस्तो देखिए तापनि येसु तिनीहरूलाई किन डाँकुहरू भन्‍नुहुन्छ?

अध्याय १०४

परमेश्‍वरको आवाज सुन्‍ने यहुदीहरूले के उहाँमाथि विश्‍वास गर्नेछन्‌?

येसुमाथि विश्‍वास गर्नु र विश्‍वासअनुरूप काम गर्नुबीच केही फरक छ?

अध्याय १०५

अन्जिरको रूखबाट विश्‍वासबारे पाठ सिकाउनुहुन्छ

येसु आफ्ना चेलाहरूलाई विश्‍वासको शक्‍तिबारे सिकाउनुहुन्छ र परमेश्‍वरले इस्राएल राष्ट्रलाई किन इन्कार गर्दै हुनुहुन्छ भनेर व्याख्या गर्नुहुन्छ।

अध्याय १०६

अङ्‌गुर बगानसम्बन्धी दुई वटा उदाहरण

आफ्ना छोराहरूलाई अङ्‌गुर बगानमा गएर काम गर्न अह्राएको मानिसको अनि आफ्नो अङ्‌गुर बगानको ठेक्का दुष्ट मोहीहरूलाई दिएको मानिसको उदाहरणको अर्थ बुझ्नुहोस्‌।

अध्याय १०७

राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन्‌

येसुले बताउनुभएको उदाहरण वास्तवमा एउटा भविष्यवाणी हो।

अध्याय १०८

येसु उहाँलाई फसाउने प्रयासलाई विफल पारिदिनुहुन्छ

उहाँ सुरुमा फरिसीहरूलाई, त्यसपछि सदुकीहरूलाई र अन्तमा यी दुवै धार्मिक समूहका विरोधीहरूलाई चुप गराउनुहुन्छ।

अध्याय १०९

येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ

येसु धर्मगुरुहरूको शिक्षाहरूलाई किन स्विकार्नुहुन्‍न?

अध्याय ११०

मन्दिरमा येसुको अन्तिम दिन

एउटा महत्त्वपूर्ण पाठ सिकाउन उहाँ गरिब विधवाको उदाहरण चलाउनुहुन्छ।

अध्याय १११

प्रेषितहरू चिन्ह माग्छन्‌

प्रथम शताब्दीमा उहाँको भविष्यवाणीको पहिलो पूर्ति भयो। के पछि पनि उहाँको भविष्यवाणीको अझ व्यापक पूर्ति हुनेछ?

अध्याय ११२

दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ

के येसुले आफ्ना चेलाहरूमध्ये आधा मूर्ख छन्‌ र आधा बुद्धिमान्‌ छन्‌ भनेर बताउन खोज्दै हुनुहुन्छ?

अध्याय ११३

टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठ

येसुको उदाहरणले उहाँको यस भनाइलाई प्रस्ट पार्छ: “हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ।”

अध्याय ११४

राज्यशक्‍तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ

भविष्यमा अन्तिम न्याय कुन आधारमा गरिनेछ भनेर बुझाउन येसु एउटा रोचक उदाहरण बताउनुहुन्छ।

अध्याय ११५

येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ

धर्मगुरुहरू येसुलाई धोका दिएबापत यहुदालाई ३० टुक्रा चाँदी दिन सहमत हुनु रोचक छ, किन?

अध्याय ११६

अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ

दासले गर्ने काम गरेर उहाँ प्रेषितहरूलाई चकित पार्नुहुन्छ।

अध्याय ११७

प्रभुको साँझको भोज

येसु आफ्ना अनुयायीहरूले हरेक वर्ष नीसान १४ मा मनाउनुपर्ने स्मरणार्थ उत्सव स्थापना गर्नुहुन्छ।

अध्याय ११८

को ठूलो भन्‍नेबारे बहस

येसुले त्यही साँझ सिकाउनुभएको पाठ प्रेषितहरूले बिर्सिसकेका छन्‌।

अध्याय ११९

येसु—बाटो, सत्य र जीवन

परमेश्‍वरकहाँ कसरी जान सकिन्छ भन्‍नेबारे येसु महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ।

अध्याय १२०

फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌

चेलाहरूले कसरी “फल फलाउन” सक्छन्‌?

अध्याय १२१

“साहसी होओ! मैले यस संसारलाई जितेको छु”

संसारले येसुलाई मारे तापनि उहाँले कसरी संसारलाई जित्न सक्नुभयो?

अध्याय १२२

माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थना

उहाँ मानिसजातिलाई उद्धार दिनेभन्दा पनि अझ महत्त्वपूर्ण कुरा हासिल गर्न सकेको कुरा स्पष्ट पार्नुहुन्छ।

अध्याय १२३

असाध्यै दुःखित हुनुभएको बेला प्रार्थना गर्नुहुन्छ

येसु किन “यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्‌” भनेर प्रार्थना गर्नुहुन्छ? के उहाँ फिरौतीको बलिदान चढाउनदेखि पछि हट्‌न खोज्नुभएको हो?

अध्याय १२४

ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ

मध्यरात भए पनि यहुदा येसुलाई भेट्टाउन सफल हुन्छन्‌।

अध्याय १२५

येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ

येसुको पुर्पक्ष न्यायको नाममा कलङ्‌क हो।

अध्याय १२६

पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्‌

परमेश्‍वरलाई विश्‍वास गर्ने र उहाँको भक्‍ति गर्ने मानिस भए पनि पत्रुस कसरी येसुलाई आफ्नो पिठ्यूँ फर्काउन पुगे?

अध्याय १२७

यहुदी न्यायपरिषद्‌ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छ

यहुदी धर्मगुरुहरू आफ्नो वास्तविक मनसाय प्रकट गर्छन्‌।

अध्याय १२८

पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन्‌

पिलातस किन येसुलाई हेरोदकहाँ पठाउँछन्‌? के पिलातससित येसुको न्याय गर्ने अख्तियार छैन?

अध्याय १२९

पिलातस भन्छन्‌: “हेर, यो मानिस!”

येसुले उल्लेखनीय गुणहरू देखाउनुभएको कुरालाई पिलातसले समेत नकार्न सक्दैनन्‌।

अध्याय १३०

येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छ

विलाप गरिरहेका स्त्रीहरूलाई येसु उहाँको निम्ति नभई आफू र आफ्ना छोराछोरीका निम्ति रुन किन भन्‍नुहुन्छ?

अध्याय १३१

निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छ

येसु उहाँसितै टाँगिएको अपराधीलाई अरूले पनि पाउन सक्ने आशाबारे प्रतिज्ञा गर्नुहुन्छ।

अध्याय १३२

“यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌”

चमत्कारपूर्ण तरिकामा दिउँसै अन्धकार छाउनु, भूकम्प जानु र मन्दिरको पर्दा दुई फ्याक हुनु, यी सबैले एउटै कुरा प्रमाणित गर्छ।

अध्याय १३३

येसुको शवलाई तयारी गरिन्छ र चिहानमा राखिन्छ

येसुको शवलाई सूर्यास्त हुनुअघि नै चिहानमा राख्न किन हतार गरिन्छ?

अध्याय १३४

येसु जीवित हुनुहुन्छ!

जीवित हुनुभएपछि येसु सुरुमा प्रेषितहरूसामु नभई एक जना महिला चेलासामु देखा पर्नुहुन्छ।

अध्याय १३५

जीवित हुनुभएको येसु धेरै जनासामु देखा पर्नुहुन्छ

आफू जीवित भएको कुरा येसु आफ्ना चेलाहरूसामु कसरी प्रमाणित गर्नुहुन्छ?

अध्याय १३६

गालिल समुद्रको किनारामा

येसुलाई प्रेम गरेको कुरा पत्रुसले कसरी देखाउन सक्छन्‌ भनेर तिनलाई तीन चोटि सम्झाइन्छ।

अध्याय १३७

पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन्‌

फेरि जीवित भएर स्वर्ग नफर्केसम्म येसु आफ्ना प्रेषितहरूलाई तिनीहरूले पाउने एउटा कुराबारे र त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भन्‍नेबारे बारम्बार जोड दिनुहुन्छ।

अध्याय १३८

ख्रिष्ट परमेश्‍वरको दाहिने हाततिर

आफ्ना शत्रुहरूविरुद्ध कदम चाल्ने समय पर्खँदै गर्दा येसुले के गर्नुहुने थियो?

अध्याय १३९

येसु प्रमोदवन ल्याउनुहुन्छ र आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ

परमेश्‍वर र बुबालाई राज्य फिर्ता गर्नुअघि येसुले अझ धेरै कुरा गर्न बाँकी नै छ।

येसुको उदाहरण अनुकरण गर्न . . .

येसुले आफ्नो जीवनकालमा बारम्बार आठ वटा गुणहरू देखाउनुभयो।

शास्त्रपदहरूको सूची

सुसमाचारको किताबका पदहरूबारे यस किताबको कुन अध्यायमा छलफल गरिएको छ भनेर पत्ता लगाउन यो सूची प्रयोग गर्नुहोस्‌।

उदाहरणहरूको सूची

येसुले बताउनुभएका उदाहरणहरूबारे यस किताबको कुन अध्यायमा छलफल गरिएको छ भनी पत्ता लगाउन यो सूची प्रयोग गर्नुहोस्‌।

मसीहसम्बन्धी गरिएका केही भविष्यवाणीहरू

येसुको जीवनमा घटेका घटनाहरूलाई येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्ने भविष्यवाणीहरूसित र तीबारे छलफल गरिएको यस किताबका अध्यायहरूसित तुलना गरेर हेर्नुहोस्‌।

येसु जानुभएको र उहाँले सिकाउनुभएको ठाउँहरू

यस नक्सामा येसुले सेवाको काम गर्नुभएको ठाउँहरू देखाइएको छ।