प्रहरीधरहरा—अध्ययन संस्करण जुलाई २०१५

यस अङ्‌कमा अगस्त ३१ देखि सेप्टेम्बर २७, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—रूस

रूसको आवश्‍यकता धेरै भएको इलाकामा सरेका अविवाहित दाजुभाइ दिदीबहिनीहरू र विवाहित दम्पतीहरूबारे पढ्‌नुहोस्‌। तिनीहरूले यहोवामा अझ धेरै भरोसा राख्न सिकेका छन्‌।

आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस्‌

के आध्यात्मिक प्रमोदवन र आध्यात्मिक मन्दिरले एउटै कुरालाई बुझाउँछ? पावलले “तेस्रो स्वर्गमा” देखेको “प्रमोदवन” के हो?

‘वृद्धावस्थामा’ पनि यहोवाको सेवा गर्नुहोस्‌

विश्‍वास बलियो बनाइराख्न र यहोवाको सेवा गरिरहन केले मदत गर्छ? आनन्दित भई यहोवाको सेवा गरेका बाइबलकालीन वृद्ध सेवकहरूलाई विचार गर्नुहोस्‌।

“तिमीहरूको छुटकारा नजिक आउँदैछ!”

महासङ्‌कष्टको दौडान परमेश्‍वरका सेवकहरूले कस्तो सन्देश सुनाउनेछन्‌? त्यतिबेला अभिषिक्‍त ख्रीष्टियनहरूलाई के हुनेछ?

तपाईंको काम कसैले याद नगरे पनि त्यसले केही फरक पार्छ र?

बजलेल र ओहोलीआबको उदाहरणले हामीलाई यस सत्यको कदर गर्न मदत गर्छ: हाम्रो काम कसैले याद नगरे पनि यहोवाले गर्नुहुन्छ।

परमेश्‍वरको राज्यप्रति वफादार हुनुहोस्‌

यहोवा र उहाँको राज्यप्रति वफादार हुन ख्रीष्टियनहरूले कसरी आफैलाई तयार पार्न सक्छन्‌?

हाम्रो उपासनास्थल

हामी हाम्रो उपासनास्थलको कसरी कदर गर्न सक्छौं? राज्यभवन निर्माण र मर्मतसम्भारको खर्च कसरी बेहोरिन्छ?

के तपाईंलाई थाह थियो?

प्रतिज्ञा गरिएको देशको केही भागमा घना जङ्‌गल थियो भनेर बाइबल बताउँछ। तर अहिले त्यहाँको थुप्रै जङ्‌गल फँडानी भइसकेकोले के यो कुरामा विश्‍वास गर्न सकिन्छ?