प्रहरीधरहरा—अध्ययन संस्करण जून २०१३

यस अङ्कले हामीले त्यति याद नगर्ने यहोवाका अरू गुणहरूको अझ धेरै मोल गर्न हामीलाई मदत गर्नेछ।

जीवनी

यहोवाप्रति आज्ञाकारी हुँदा थुप्रै आशिष्‌ पाएकी छु

एलिजा पिकोलीको जीवनी पढ्नुहोस्। तिनले समस्या भोग्नुपऱ्यो, त्याग गर्नुपऱ्यो अनि थुप्रै कुरा गुमाउनुपऱ्यो। तैपनि तिनी सकारात्मक भइरहिन्‌।

यहोवाका गुणहरूको अझ धेरै मोल गर्नुहोस्

नजिकिन सजिलो अनि निष्पक्ष हुनुको अर्थ के हो? यहोवाले बसाल्नुभएको उदाहरण विचार गर्दा ती गुणहरू देखाउन सक्नेछौं।

यहोवाको उदारता र व्यावहारिकताको मोल गर्नुहोस्

उदार र व्यावहारिक हुने सन्दर्भमा यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँको उदाहरण विचार गर्दा ती गुणहरू देखाउन मदत पाउँछौं।

यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्

साँचो मित्र वफादार र क्षमाशील हुन्छन्‌। यहोवाको उदाहरण अनुकरण गर्दा हामी यी महत्त्वपूर्ण गुणहरू विकास गर्न सक्छौं।

पाठकहरूको प्रश्न

बाइबलमा उल्लेख गरिएको “साँचो परमेश्वरका छोराहरू” अनि “कैदमा परेका दुष्ट स्वर्गदूतहरू” को थिए?

यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्

हाम्रा “कुमाले” यहोवाले व्यक्तिविशेष र राष्ट्रहरूलाई समेत आकार दिनुभएको छ। यसबाट हामी के सिक्न सक्छौं र उहाँले आकार दिंदा हामी कसरी लाभ उठाउन सक्छौं?

एल्डरहरू हो, के तपाईं “थकित” भाइबहिनीलाई स्फूर्ति दिनुहुन्छ?

ख्रीष्टियन एल्डरले गोठालो भेटको तयारी कसरी गर्छन्‌? एल्डरहरूले “परमेश्वरको तर्फबाट केही वरदान” दिएर थकित अनि निराश भएकाहरूलाई प्रोत्साहन दिन सक्छन्‌।

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्कहरू ध्यान दिएर पढ्नुभयो? कत्तिको सम्झनुभएको छ, आफैलाई जाँच्नुहोस्।