सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या २ २०२० | दुःखकष्टबारे ५ प्रश्‍नको जवाफ

प्रत्येक व्यक्‍तिमाथि कुनै न कुनै समय दुःख आइपर्छ। जस्तै: तिनीहरू रोगबिमारको सिकार हुन सक्छन्‌, दुर्घटनामा पर्न सक्छन्‌, प्राकृतिक प्रकोप वा हिंसाको सिकार हुन सक्छन्‌।

मानिसहरू जवाफ पाउन चाहन्छन्‌।

  • कोही-कोही दुःखकष्टलाई भाग्यको खेल भन्छन्‌ वा आफूमाथि आइपर्ने घटनाहरूमाथि हाम्रो थोरै मात्र नियन्त्रण हुन्छ भनेर तिनीहरू विश्‍वास गर्छन्‌।

  • अरूले भने कर्ममा विश्‍वास गर्छन्‌। तिनीहरूको विचारमा आफूले विगतमा वा पहिलेको जन्ममा गरेको खराब कामले गर्दा दुःख भोग्नुपर्छ।

दुःखकष्टले मानिसहरूलाई प्रश्‍नहरू सोध्न बाध्य पार्छ जसको जवाफ प्रायः तिनीहरूसित हुँदैन।

 

मानिसहरू के विश्‍वास गर्छन्‌?

दुःखकष्टबारे विभिन्‍न धर्महरूको कस्तो धारणा छ, तुलना गर्नुहोस्‌।

१ के ईश्‍वरले गर्दा दुःखकष्ट भएको हो?

ईश्‍वरबारे गलत कुरा सिकाउने शिक्षाहरूले गर्दा मानिसहरू अन्योलमा परेका छन्‌। सत्य के हो?

२ के हामी आफैले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

यदि दुःखकष्टको कारण हामी आफै हौँ भने त्यसलाई कम गर्ने क्षमता पनि हामीसित हुनुपर्ने हो।

३ असल मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌?

बाइबलले यस प्रश्‍नको जवाफ बुझ्न मदत गर्छ।

४ के हामीले दुःखकष्ट भोग्नै पर्छ?

संसारमा भएका सुन्दर कुराहरू सृष्टि गर्नुहुने ईश्‍वरले दुःखकष्ट हुन दिनुहुन्छ भनेर सोच्नु के तार्किक होला? यदि होइन भने कुरा कहाँ बिग्रियो?

५ के दुःखकष्टको अन्त हुनेछ?

बाइबल हामीलाई ईश्‍वरले कसरी दुःखकष्ट निर्मूल पार्नुहुनेछ भनेर बताउँछ।

मदत उपलब्ध छ

हाम्रा समस्याहरूको कुनै समाधान नै नभएको जस्तो देखिए तापनि हामीले मदत पाउन सकिने भरपर्दो स्रोत छ।