सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या १ २०१८ | के बाइबल आज पनि उत्तिकै उपयोगी छ?

के बाइबल आज पनि उत्तिकै उपयोगी छ?

आजको अत्याधुनिक प्रविधिको संसारमा तीनथुप्रो जानकारी हुँदाहुँदै के बाइबल उत्तिकै उपयोगी छ? बाइबल यसो भन्छ:

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।”​—२ तिमोथी ३:१६.

यस अङ्‌कको प्रहरीधरहरा-ले बाइबलले जीवनको हरेक पक्षमा हामीलाई डोऱ्‍याउन सक्छ भन्‍ने कुराको पुष्टि गर्छ।

 

के बाइबल आज पनि उत्तिकै उपयोगी छ?

स-साना कुराको जानकारी उपलब्ध हुँदाहुँदै २ हजार वर्ष पुरानो किताब किन खोल्नु पऱ्‍यो र?

बाइबलको शिक्षा​​—⁠सधैं उपयोग हुने बुद्धि

आधुनिक ज्ञानले बाइबलको शिक्षालाई काम नलाग्ने भने तापनि यसमा भएको मूल्यमान्यता र सिद्धान्त व्यावहारिक र समय सुहाउँदो छ।

पुरानो र काम नलाग्ने किताब कि उहिल्यै सही जानकारीले भरिपूर्ण किताब?

बाइबल विज्ञानको पाठ्यपुस्तक होइन तर यसमा भएको विज्ञानसम्बन्धी जानकारीले तपाईंलाई छक्कै पार्न सक्छ।

१ समस्याहरूबाट जोगिन मदत गर्छ

परमेश्‍वरको वचनले जीवनमा आइपर्ने केही कठिन समस्याहरूदेखि जोगिन मानिसहरूलाई कसरी मदत गरेको छ, विचार गर्नुहोस्‌।

२ समस्याहरू समाधान गर्न मदत गर्छ

बाइबलले सजिलै समाधान नहुने र हताश पार्ने समस्याहरू समाधान गर्ने सल्लाह दिन्छ। केही क्षेत्रहरू: अचाक्ली चिन्ता, काम पछि सार्ने बानी र एक्लोपन।

३ समस्याहरूसँग जुझ्न मदत गर्छ

सामना गर्नै पर्ने र समाधान गर्न नसकिने दीर्घकालीन रोग वा मृत्यु जस्ता समस्याहरूलाई चाहिं के गर्न सकिन्छ?

बाइबल र तपाईंको भविष्य

परमेश्‍वरको वचनले हाम्रो अगाडि भएका समस्याहरू अर्थात्‌ यस अस्थिर संसारमा हामीले दिनहुँ भोग्ने समस्याहरू सुल्झाउन मदत गर्छ। बाइबलले यति मात्र नभई भविष्यको उज्ज्वल आशा पनि दिन्छ।

तपाईंलाई कस्तो लाग्छ?

यस प्रश्‍नबारे मानिसहरूको विचार कस्तो छ र बाइबल आफैले कस्तो जवाफ दिन्छ, थाह पाउनुहोस्‌।