प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०१७

यस अङ्‌कमा नोभेम्बर २७-डिसेम्बर २४, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

यहोवाले भन्नुभएअनुसार गर्दा आशिष्‌ पाउँछौं

सन्‌ १९५२ मा अलिभ म्याथ्युज अनि तिनको पतिले आयरल्याण्डको दक्षिणी इलाकामा अग्रगामी गर्ने असाइनमेन्ट स्विकारे। यहोवाले तिनीहरूलाई कसरी आशिष्‌ दिनुभयो?

“कामद्वारा साँचो प्रेम गरौं”

निष्कपट प्रेम गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’

येशूले कस्तो “फूट”-बारे बताउनुभयो? त्यसले तपाईंलाई कसरी असर गर्न सक्छ?

अरिमथियाका यूसुफ दृढ अडान लिन्छन्‌

तिनी को थिए? येशूसित तिनको कस्तो सम्बन्ध थियो? तिनको विवरणमा हामीले किन चासो लिनुपर्छ?

जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?

पत्रको मुठा उडिरहेको, टोकरीभित्र एउटी स्त्री बसिरहेकी, सारसको जस्तो पखेटा भएका दुइटी स्त्री उडिरहेका। परमेश्वरले जकरियालाई किन यस्ता अनौठा दर्शनहरू देखाउनुभयो?

रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌

तामाका डाँडाहरू, युद्धको लागि तयार रथहरू, प्रधान पुजारी राजा नियुक्त गरिएका। जकरियाले देखेको अन्तिम दर्शनले आज परमेश्वरका जनहरूलाई कस्तो आश्वासन दिन्छ?

एउटा दयालु व्यवहार

एउटा दयालु व्यवहारले कसरी एक जना विरोधीलाई बाइबल सत्यतर्फ आकर्षित गऱ्यो?

के तपाईंलाई थाह थियो?

येशूले कसम खाने कुराको किन विरोध गर्नुभयो?