सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

प्रश्‍नहरू सोध्नुहोस्‌

प्रश्‍नहरू सोध्नुहोस्‌

“आनन्दित परमेश्‍वर” यहोवा हामी साक्षीकार्यमा रमाएको चाहनुहुन्छ। (१ति १:११) आफ्नो सीप तिखार्न मेहनत गर्दा हाम्रो आनन्द पनि बढ्‌दै जानेछ। प्रश्‍नहरू सोध्दा मानिसहरूको चासो जाग्न सक्छ र यो कुराकानी थाल्ने सजिलो तरिका पनि हो। प्रश्‍नहरूले मानिसहरूलाई सोच्न र तर्क गर्न जुरमुऱ्‍याउँछ। (मत्ति २२:४१-४५) प्रश्‍नहरू सोधेपछि त्यसको जवाफ सुन्दा हामीले एक अर्थमा यसो भनिरहेका हुन्छौँ: ‘म तपाईँको कुराको कदर गर्छु।’ (या १:१९) हामीले कुरा गरिरहेको व्यक्‍तिको जवाफबाट कुराकानीलाई कतातिर मोड्‌दा बेस हुन्छ भनेर थाह पाउन सक्छौँ।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—प्रश्‍नहरू सोधेर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ग्रेसले कस्ता असल गुण देखाइन्‌?

  • निताले कसरी ग्रेसप्रति चासो देखाइन्‌?

  • सुसमाचारप्रति ग्रेसको चासो जगाउन निताले कस्ता प्रश्‍न सोधिन्‌?

  • ग्रेसलाई सोच्न र तर्क गर्न लगाउन निताले कस्ता प्रश्‍न सोधिन्‌?