सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 ख्रिष्टियन जीवन

बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌

बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌

इस्राएलीहरूले मोआबको मरुभूमिमा भोगेको कुरा ख्रिष्टियनहरूको लागि चेतावनीमूलक उदाहरण हो। (१को १०:६, ८, ११) अवैध यौनसम्बन्ध राख्ने र मूर्तिपूजा गर्ने मोआबी स्त्रीहरूसित सङ्‌गत गर्ने इस्राएलीहरूले गम्भीर पाप गरे। यसले गर्दा तिनीहरूले भयानक नतिजा भोग्नुपऱ्‍यो। (गन २५:९) हामी पनि यहोवाको उपासना नगर्ने सहकर्मीहरू, सहपाठीहरू, छिमेकीहरू, आफन्तहरू र इष्टमित्रहरूको माझमा बसिरहेका छौँ। यस्ता मानिसहरूसित नजिकको सम्बन्ध राख्दा आइपर्ने खतराहरूबारे यस बाइबल विवरणबाट हामी के सिक्न सक्छौँ?

हाम्रो लागि चेतावनीमूलक उदाहरणहरू—एक झलक भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • जिम्रि र अरूले यामिनलाई कस्तो गलत कुरा बताए?

  • पिनहासले यामिनलाई सही तरिकामा सोच्न कसरी मदत गरे?

  • यहोवाको सेवा नगर्ने व्यक्‍तिसित मित्रैलो व्यवहार गर्नु अनि तिनलाई आफ्नो मित्र बनाउनुबीच कस्तो भिन्‍नता छ?

  • मण्डलीमा समेत साथीहरू छान्‍ने विषयमा हामी किन होसियार हुनुपर्छ?

  • आफूले नचिनेका व्यक्‍तिहरूसित सामाजिक सञ्जालको च्याट ग्रुपमा कुराकानी गर्नदेखि किन जोगिनुपर्छ?