गीत ३९
परमेश्वरको नजरमा असल नाउँ राखौँ!
-
१. जीवनभरि नै चाहना हर पलको
असल नाउँ राख्ने आज्ञा मान्ने उनको।
याहको नजरमा गर्नू जे छ सही
तब हुनेछन् खुसी उनी।
-
२. संसारमा ठूलो नाउँ कमाउन खोज्दा,
यसैमा डुब्दा र यसको जय गाउँदा,
यसको मित्र बन्दा, हुन्न केही फाइदा।
पाइन्न कृपा यहोवाको।
-
३. बस्न चाहन्छौँ याहको सम्झनामा;
नाउँ हाम्रो सदा जीवनको पुस्तकमा।
उनैमा भर पर्दै, सत्यलाई जोगाउँछौँ
अन्तिम क्षणसम्मै सुनाम रोज्छौँ।
(उत्प. ११:४; हितो. २२:१; मला. ३:१६; प्रका. २०:१५ पनि हेर्नुहोस्)