गीत १४३
हार नमानी यहोवाको दिनको प्रतीक्षा गरौँ!
-
१. समय ऋतुका परमेश्वर
याह नै हुन् हाम्रा ईश्वर;
उनी नै राजा हुन् भनी
साबित हुनेछ चाँडै।
(कोरस)
जागा रहँदै पर्खन्छौँ सदा,
याहको दिन छ नजिकै,
पर्खन्छौँ है रमाउँदै।
-
२. तोकेको दिन छैन टाढा;
हेर येसु भए राजा।
पाउमुनि हुनेछन् शत्रु;
हुनेछ शासन सुरु।
(कोरस)
जागा रहँदै पर्खन्छौँ सदा,
याहको दिन छ नजिकै,
पर्खन्छौँ है रमाउँदै।
-
३. सारा संसार छ पीडामा;
भरोसा गर्छौँ याहमा।
उद्धार पाउनेछौँ उनैमा;
त्यो दिन नजिकै छ है।
(कोरस)
जागा रहँदै पर्खन्छौँ सदा,
याहको दिन छ नजिकै,
पर्खन्छौँ है रमाउँदै।
(मत्ति २५:१३; लुका १२:३६ पनि हेर्नुहोस्)