गीत १२
महान् परमेश्वर यहोवा
-
१. महान् यहोवा योग्य छौ तिमी
पाउन हाम्रो प्रशंसा;
छौ है न्यायी र भला।
प्रेम, शक्ति, बुद्धि, दयाका खानी
प्रभु तिमी नै सदा।
-
२. यहोवा बुबा दयालु तिमी;
हामी माटो हौँ जानी
सुन्छौ हाम्रो हर बिन्ती।
डोऱ्याउँछौ सधैँ, सिकाउँछौ तिमी;
ख्याल राख्छौ मायागरि।
-
३. गाउँछ प्रशंसा स्वर्ग र पृथ्वी;
सोरमा सोर मिलाएर
गाउँछौँ तिम्रो महिमा।
महान् यहोवा गर्छौँ प्रशंसा;
स्विकार है यो भक्ति।
(व्यव. ३२:४; हितो. १६:१२; मत्ति ६:१०; प्रका. ४:११ पनि हेर्नुहोस्)