NASA Photo

जागा रहो!

के पृथ्वीमा शासन गर्न सक्ने स्थायी सरकार छ?—यसबारे बाइबल के भन्छ?

के पृथ्वीमा शासन गर्न सक्ने स्थायी सरकार छ?—यसबारे बाइबल के भन्छ?

 संसारभरिका थुप्रै देशमा अस्थिरता छाएको छ। कुनै-कुनै देशका सरकारहरू स्थिर जस्तो देखिए तापनि राजनीतिज्ञहरूको लज्जास्पद समाचारहरू, अनिर्णायक चुनावहरू, राजनैतिक विभाजन र जनआन्दोलनको कारण देशमा उथलपुथल मच्चिएको छ।

 बाइबलमा एउटा स्थायी सरकारबारे बताइएको छ। तपाईँले त्यस सरकारबारे सुनिसक्नुभएको छ होला। त्यो सरकार येसुले नमुना प्रार्थनामा बताउनुभएको सरकार हो।

  •   “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌। तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ,, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।’”—मत्ति ६:९, १०.

 बाइबलमा त्यस राज्यबारे के बताइएको छ?

परमेश्‍वरको राज्य—एउटा स्थायी सरकार

 परमेश्‍वरको राज्यले स्वर्गबाट शासन गर्नेछ।

 यस राज्यले मानव सरकारहरूलाई हटाउनेछ।

  •   बाइबल भन्छ: ‘त्यो राज्यले सबै [मानव] राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।’—दानिएल २:४४.

 त्यस राज्यको राजा येसु ख्रिष्ट हुनुहुन्छ र त्यो राज्य कहिल्यै नाश हुनेछैन।

  •   बाइबल भन्छ: “तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।”दानिएल ७:१३, १४.

 त्यस राज्यले पूरै पृथ्वीमा शान्ति र सुरक्षा ल्याउनेछ।

  •   बाइबल भन्छ: “तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि शान्तिसित बस्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”मिका ४:४पढ्‌न सजिलो संस्करण।

परमेश्‍वरको राज्यबारे अझ थाह पाउनुहोस्‌

 येसुले पृथ्वीमा हुनुहुँदा आफ्नो समय “राज्यको सुसमाचार प्रचार” गर्न खर्चनुभयो। (मत्ति ९:३५) साथै उहाँले यस्तो भविष्यवाणी गर्नुभयो:

  •   “अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.

 अहिले परमेश्‍वरको राज्यको सुसमाचार २४० भन्दा धेरै देशहरूमा सुनाइँदै छ। यो सरकारले शासन गर्दा तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ, यसबारे अझ थाह पाउन हामी तपाईँहरूलाई आग्रह गर्छौँ।

 कृपया परमेश्‍वरको राज्य के हो? भन्‍ने भिडियो हेर्नुहोस्‌।