सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Mary_Ukraine/stock.adobe.com

जागा रहो!

मानिसहरूले राजनीतिज्ञहरूमाथि भरोसा गुमाउँदैछन्‌—यसबारे बाइबल के भन्छ?

मानिसहरूले राजनीतिज्ञहरूमाथि भरोसा गुमाउँदैछन्‌—यसबारे बाइबल के भन्छ?

 सन्‌ २०२४ मा विश्‍वभरि नै थुप्रै चुनाव हुनेछ, जुन अहिलेसम्मकै शिखर सङ्‌ख्या हुनेछ। तर थुप्रै मानिसले राजनीतिज्ञहरूमाथि भरोसा गुमाउँदैछन्‌।

  •   अमेरिकामा गरिएको एउटा सर्वेक्षणमा थुप्रै मानिसले प्रायजसो राजनीतिज्ञहरूको ध्यान जनताको सेवा गर्नमा नभई आफ्नै स्वार्थ पूरा गर्नमा हुन्छ भनेर बताए। a—प्यु रिसर्च सेन्टर, सेप्टेम्बर १९, २०२३.

 थुप्रै युवायुवतीले पनि राजनीतिज्ञहरूमाथि भरोसा गर्दैनन्‌।

  •   “अक्सर किशोरकिशोरीले समस्याको समाधान खोज्ने गर्छन्‌ तर एउटा सर्वेक्षणमा राजनीतिज्ञहरूले कुनै समाधान खोज्न नसकेको कुरा तिनीहरूले बताए।”—द न्यु योर्क टाइम्स, जनवरी २९, २०२४.

  •   “अर्को सर्वेक्षणअनुसार युवाहरू राजनीतिज्ञहरूमा भन्दा सामाजिक सञ्जालमा प्रख्यात भएका व्यक्‍तिहरूमा भरोसा गर्छन्‌।”—द कोरिया टाइम्स, जनवरी २२, २०२४.

 के हामी राजनीतिज्ञहरूले भविष्य उज्ज्वल बनाउनेछन्‌ भनेर भरोसा गर्न सक्छौँ? हामी कोमाथि भरोसा गर्न सक्छौँ?

कोमाथि भरोसा गर्ने भनेर सजग हुनुहोस्‌

 हामी कसलाई भरोसा गर्ने भनेर सजग हुनुपर्छ। बाइबल यसो भन्छ: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.

 साथै एकदमै इमानदार र राम्रो सोच भएका राजनीतिज्ञहरूलेसमेत आफूले चाहेजति गर्न सक्दैनन्‌। त्यसैले बाइबल यस्तो चेतावनी दिन्छ:

  •   “शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌।”—भजन १४६:३.

भरोसायोग्य नेता

 परमेश्‍वरले पूर्णतया सक्षम र भरोसायोग्य नेता नियुक्‍त गर्नुभएको छ भनेर बाइबल बताउँछ। उहाँ येसु ख्रिष्ट हुनुहुन्छ। (लुका १:३२, ३३) येसु ईश्‍वरको राज्यको राजा हुनुहुन्छ अनि यो राज्यले स्वर्गबाट शासन गर्छ।—मत्ति ६:१०.

a Pew Research Center, “Americans’ Dismal Views of the Nation’s Politics,” सेप्टेम्बर, २०२३.