सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

John Moore/Getty Images

ईश्‍वरको राज्यले कसरी हाम्रो स्वास्थ्यको ख्याल राख्नेछ?

ईश्‍वरको राज्यले कसरी हाम्रो स्वास्थ्यको ख्याल राख्नेछ?

 “अहिले कोभिड-१९ विश्‍वव्यापी स्वास्थ्य आपत्‌काल होइन। तर त्यसो भन्दैमा खतरा टऱ्‍यो भन्‍ने होइन। ... भविष्यमा अर्को महामारीले पक्कै ढोका ढक्ढक्याउनेछ। त्यसको लागि हामी तयार रहनुपर्छ।”—डा. टेड्रोस आधनाम गेब्रियासस, विश्‍व स्वास्थ्य सङ्‌गठनका महानिर्देशक, मे २२, २०२३।

 कोभिड-१९ महामारीले अहिलेसम्म पनि थुप्रै मानिसलाई गाह्रो बनाइरहेको छ। त्यसले तिनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुऱ्‍याएको छ। के सरकारहरू र स्वास्थ्य सेवासम्बन्धी सङ्‌घसंस्थाहरू अर्को महामारीको लागि तयार छन्‌? के तिनीहरूले अन्य रोग लागेका मानिसहरूलाई राम्रो स्वास्थ्य सेवा दिइरहन सकेका छन्‌?

 बाइबलमा हाम्रो स्वास्थ्यको राम्रो ख्याल राख्न सक्ने एउटा सरकारबारे बताइएको छ। बाइबल यसो भन्छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ।” (दानिएल २:४४) त्यस राज्यले शासन गर्दा त्यहाँको “कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’” (यसैया ३३:२४) सबै मानिस युवावस्थामा जस्तै स्वस्थ अनि तन्दुरुस्त हुनेछन्‌।—अय्युब ३३:२५.