सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

BalanceFormcreative/iStock via Getty Images Plus

अरूलाई मदत गरेर एक्लोपनसित लड्‌नुहोस्‌—यसबारे बाइबल के भन्छ?

अरूलाई मदत गरेर एक्लोपनसित लड्‌नुहोस्‌—यसबारे बाइबल के भन्छ?

 आज संसारका थुप्रै मानिसहरूलाई एक्लोपनले सताइरहेको छ। तिनीहरूलाई अरूसित घुलमिल हुन धेरै गाह्रो लाग्छ। केही स्वास्थ्यविद्‌अनुसार यस्ता भावनाहरूसित लड्‌ने एउटा तरिका अरूलाई मदत गर्नु हो।

  •   “खाँचोमा परेकाहरूलाई मदत गर्दा हाम्रो जीवन अझ सन्तोषजनक हुन सक्छ। यसो गर्दा हामी एक्लोपनको भावनासित लड्‌न सक्छौँ र अरूसित घुलमिल हुन सक्छौँ।”—अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान।

 बाइबलमा हामी अरूलाई कसरी मदत गर्न सक्छौँ भन्‍नेबारे व्यावहारिक सुझावहरू पाइन्छ। आफ्नो जीवनमा ती सुझावहरू लागू गर्दा एक्लोपनको भावनासित लड्‌न सक्छौँ।

तपाईँ के गर्न सक्नुहुन्छ?

 उदार हुनुहोस्‌। अरूसित समय बिताउने मौकाहरू खोज्नुहोस्‌। मिल्छ भने तिनीहरूसित भेटेरै समय बिताउनुहोस्‌। आफूसित भएका कुराहरू बाँडचुँड गर्नुहोस्‌। यसो गर्दा तपाईँले मदत गर्नुभएको व्यक्‍ति तपाईँप्रति आभारी हुन सक्छन्‌ र तपाईँहरूबीच मित्रता गाँसिन्छ।

  •   बाइबलको सिद्धान्त: “दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌।”—लुका ६:३८.

 अरूलाई मदत गर्नुहोस्‌। गाह्रो अवस्थाको सामना गरिरहेकाहरूलाई कसरी मदत दिन सक्छु भनेर विचार गर्नुहोस्‌। जस्तै: तपाईँ तिनीहरूको कुरा ध्यान दिएर सुन्‍न सक्नुहुन्छ वा तिनीहरूको बोझ केही हदसम्म भए पनि कम गर्न व्यावहारिक मदत दिन सक्नुहुन्छ।

 असल साथी कसरी बनाउन सकिन्छ भनेर थाह पाउन यो लेख पढ्‌नुहोस्‌: “परिवार तथा साथीभाइसितको सम्बन्ध।”