दोस्रो समुएल २२:१-५१
२२ यहोवा परमेश्वरले दाउदलाई उनका सबै शत्रु र साउलको हातबाट+ छुटाउनुभएको दिन+ उनले यहोवा परमेश्वरको निम्ति गीत गाए।+
२ उनले यसरी गाए:
“यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्वर।+
३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
४ म यहोवालाई पुकार्छु, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ,उहाँ मलाई शत्रुहरूको हातबाट छुटाउनुहुन्छ।
५ मृत्युको छाल मेरो चारैतिर उर्लियो;+एक्कासि उर्लने बाढीले जस्तै बेकामका मानिसहरूले मलाई तर्साए।+
६ चिहानका* डोरीहरूले मलाई चारैतिरबाट घेरे;+मेरो अगाडि मृत्युको पासो बिछ्याइयो।+
७ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,+मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।
उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+
८ पृथ्वी बेसरी काँप्न र हल्लिन थाल्यो;+उहाँ रिसाउनुभएकोले आकाशका जगहरू डगमगाए+र यताउता हल्लिन थाले।+
९ उहाँको नाकको पोराबाट धुवाँ निस्कियो;उहाँको मुखबाट दनदनी बलेको आगो निस्कियो;+बलिरहेको भुङ्ग्रो उहाँबाट निस्कियो।
१० तल झर्दा उहाँले आकाशलाई निहुराउनुभयो+अनि उहाँको पैतालामुनि निस्पट्ट अन्धकार थियो।+
११ उहाँ करूबमाथि* सवार भएर उड्दै आउनुभयो।+
स्वर्गदूतको* पखेटामा उहाँ देखा पर्नुभयो।+
१२ उहाँले आफूवरपर अन्धकारलाई पालजस्तै फिँजाउनुभयो;मडारिएको कालो बादलले आफैलाई ढाक्नुभयो।+
१३ उहाँसामु बिजुली चम्कियो र त्यसबाट बलिरहेको भुङ्ग्रो निस्कियो।
१४ तब यहोवा आकाशबाट गर्जन थाल्नुभयो+सर्वोच्च परमेश्वरले आफ्नो स्वर सुनाउनुभयो।+
१५ उहाँले काँडहरू बर्साउनुभयो+ र शत्रुहरूलाई तितरबितर पार्नुभयो;बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+
१६ यहोवाको हप्काइले गर्दा,उहाँको नाकबाट निस्केको सासको वेगले गर्दा+
समुद्रको पिँध देखियो र धर्तीका जगहरू उदाङ्ग भए।+
१७ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयोअनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+
१८ उहाँले मलाई मेरो बलवान् शत्रुको हातबाट छुटाउनुभयो;+मलाई घृणा गर्नेहरूको हातबाट, जो मभन्दा धेरै बलिया थिए।
१९ म आपत्मा परेको दिन तिनीहरू मलाई आक्रमण गर्न आए+तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो।
२० उहाँले मलाई सुरक्षित ठाउँमा* ल्याउनुभयो;+मसित प्रसन्न भएकोले उहाँले मलाई बचाउनुभयो।+
२१ यहोवाले मलाई मेरो धार्मिकताअनुसारको* इनाम दिनुहुन्छ;+मेरो हात निर्दोष* भएकोले उहाँ मलाई प्रतिफल दिनुहुन्छ।+
२२ किनकि म यहोवाको मार्गमा हिँडेको छु,दुष्ट भएर मेरा परमेश्वरलाई मैले त्यागेको छैनँ।
२३ मैले उहाँको कुनै ऐनकानुन+ बिर्सेको छैनँ;म उहाँका विधिविधानलाई+ बेवास्ता गर्नेछैनँ।
२४ म सदा उहाँसामु निष्कलङ्क रहनेछु,+खराब काम गर्नबाट आफूलाई अलग राख्नेछु।+
२५ यहोवाले मेरो धार्मिकताअनुसार+र म उहाँसामु निर्दोष भएकोले त्यसैअनुसार मलाई इनाम देऊन्।+
२६ वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ;+निष्कपट मानिससित तपाईँ निष्कपट भई व्यवहार गर्नुहुन्छ।+
२७ इमानदारसित तपाईँ इमानदार देखा पर्नुहुन्छ+तर कुटिलसित भने तपाईँ चतुर हुनुहुन्छ।+
२८ नम्रहरूलाई तपाईँ जोगाउनुहुन्छ+तर हठीहरूलाई तुच्छ दृष्टिले हेर्नुहुन्छ; तपाईँ तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ।+
२९ हे यहोवा, मेरो दियो तपाईँ नै हुनुहुन्छ;+अन्धकारले छोप्दा मलाई ज्योति दिने यहोवा नै हुनुहुन्छ।+
३० तपाईँको मदतले म डाँकुहरूमाथि जाइलाग्न सक्छु;तपाईँको शक्तिले म पर्खाल नाघ्न सक्छु।+
३१ साँचो परमेश्वरको काम निष्खोट छ;+यहोवाको वचन शुद्ध* छ।+
उहाँमा शरण लिने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।+
३२ यहोवाबाहेक अरू को परमेश्वर छ?+
हाम्रा परमेश्वरजस्तो चट्टान अरू को छ?+
३३ साँचो परमेश्वर मेरो बलियो गढ हुनुहुन्छ।+उहाँले मेरो बाटो सीधा बनाइदिनुहुन्छ।+
३४ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+
३५ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।
३६ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;तपाईँको नम्रताले मेरो मान बढाएको छ।+
३७ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ,मेरा खुट्टा चिप्लँदैनन्।+
३८ म मेरा शत्रुहरूलाई खेद्नेछु र तिनीहरूलाई नाश गर्नेछु;तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।
३९ म तिनीहरूको नामोनिसान मेटाउनेछु र तिनीहरूलाई धुलोपिठो पार्नेछु;तिनीहरू फेरि उठ्न सक्नेछैनन्;+
म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।
४० तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;+मेरा शत्रुहरूलाई मेरो सामुन्ने ढालिदिनुहुन्छ।+
४१ तपाईँ मेरा शत्रुहरूलाई मदेखि भाग्न लगाउनुहुन्छ;+मलाई घृणा गर्नेहरूको म नामोनिसान मेटिदिनेछु।+
४२ तिनीहरू गुहार माग्छन् तर तिनीहरूलाई बचाउने कोही छैन;तिनीहरू यहोवालाई समेत पुकार्छन् तर उहाँ तिनीहरूको पुकारा सुन्नुहुन्न।+
४३ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर जमिनको धुलोजस्तै बनाइदिनेछु;म तिनीहरूलाई धुलोपिठो पार्नेछु र बाटोको हिलोलाई जस्तै कुल्चनेछु।
४४ ममा दोष खोज्ने मेरा मानिसहरूबाट तपाईँ मलाई जोगाउनुहुन्छ।+
जातिजातिको अगुवा बनाउन तपाईँ मलाई सुरक्षित राख्नुहुन्छ।+मैले चिन्दै नचिनेका मानिसहरूले मेरो सेवा गर्नेछन्।+
४५ विदेशीहरू डरले काँप्दै मसामु आउनेछन्।+मेरो बारेमा सुनेको कुराले गर्दा तिनीहरूले मेरो आदेश पालन गर्नेछन्।
४६ तिनीहरूले हिम्मत हार्नेछन्;*तिनीहरू थरथर काँप्दै आफ्नो किल्लाबाट निस्कनेछन्।
४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+
मेरा परमेश्वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्।+
४८ साँचो परमेश्वरले मेरो निम्ति साटो फेर्नुहुन्छ;+जातिजातिका मानिसहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।+
४९ उहाँ मलाई शत्रुहरूबाट बचाउनुहुन्छ।
उहाँले मलाई मेरा आक्रमणकारीहरूभन्दा धेरै माथि उचाल्नुहुन्छ;+मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ।+
५० त्यसैले हे यहोवा, जातिजातिका मानिसहरूबीच म तपाईँलाई धन्यवाद चढाउँछु।+म तपाईँको नामको स्तुति गाउँछु।+
५१ आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+आफ्नो अभिषिक्त जन दाउद र तिनको सन्तानलाईउहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।”+
फुटनोटहरू
^ वा “अग्लो किल्ला।”
^ वा “बतासको।”
^ वा “फराकिलो ठाउँमा।”
^ शा., “सफा।”
^ वा “आगोले खारिएको।”
^ वा “तिनीहरू बिलाएर जानेछन्।”
^ वा “आफ्नो राजालाई उहाँ ठूलठूला युद्ध जिताउनुहुन्छ।”